जनकपुरधाम (धनुषा), २८ फागुन । नेपाली काँग्रेस धनुषा सभापतिमा योगेन्द्र पञ्जियार विजयी हुुनुभएको छ ।
दोस्रो चरणको निर्वाचनबाट सन्तोष यादवलाई पराजित गरी पञ्जिया निर्वाचित हुनुभएको हो ।
पञ्जियारलाई शेखर कोइराला समूहका दिनेशप्रसाद प्रसैलाले समर्थन गर्नुभएको थियो ।
शुक्रबार राति सम्पन्न मतगणनाको परिणामअनुसार पजियार ६ सय ८९ को मतान्तरले निर्वाचित हुनुभएको हो।
कूल खसेको २ हजार ८ सय १४ मतमध्ये पजियारले १ हजार ७ सय ३५ र यादवले १ हजार ४६ मत प्राप्त गर्नुभएको थियो । निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले ३३ मत बदर भएको जानकारी दिनुभएको छ ।
कूल ३ हजार १ सय १९ मतदाता रहेकोमा दोस्रो चरणको निर्वाचनमा २ हजार ८ सय १४ मत खसेको थियो ।
पहिलो चरणमा कुनै उम्मेद्वारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणका लागि शुक्रबार मतदान भएको थियो ।
प्रसैला भने कम मत पाएको अधारमा पहिलो चरणबाटै बाहिरिनुभएको थियो ।


















