काठमाडौं, १ चैत्र । नेपाल टेलिकम लिमिटेडले बोनस र नगद लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र करसहित प्रतिकित्ता २० रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ ।
प्रस्ताव पारित गर्न चैत २४ गते, चौधौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेलमा बिहान ११ बजे शुरु हुनेछ।
कम्पनीले चैत ११ गतेदेखि २३ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्नुका साथै कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।


















