दुबाई(संयुक्त अरब इमिरेट्स), ७ चैत्र । आईसीसी विश्वकप लिग २ अन्तरगत संयुक्त अरब इमिरेट्स(युएई)को दुबाईमा भएको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको तेश्रो खेलमा नेपाल युएईसंग फराकिलो अन्तरले पराजित भएको भएको छ।
आयोजक राष्ट्र युएईको घरेलु मैदानमा सम्पन्न पहिलो खेलमा ४८ रनले पराजित भएको नेपाल दोस्रो खेलमा ९९ रनको फराकिलो अन्तरले पराजित हुन पुग्यो ।
आजको खेलमा नेपालको ब्याटिड. ध्वस्त भयो भने बलिड. पनि उल्टो गतिमा चल्यो ।
दुबई अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर ब्याटिड. गरेको युएईले दिएको २०३ रनको लक्ष्य नेपाल हासिल गर्न सकेन । उसले ३५.१ ओभरमा सबै विकेट गुमाउदै १ सय ३ रनमात्र बटुलेर खेलको नतिजा युएईलार्ई सुम्पियो।
लक्ष्य पछ्याउने क्रममा नेपालको लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३० रन योगदान दिए। आरिफ शेख र सोमपाल कामिले समान १५ । १५ रन तथा बिनोद भण्डारीले १२ रन बनाए। ओपनर पवन सर्राफ २ रनमा आउट भए भने कुशल भूर्तेल ५ रनमा । दीपेन्द्रसिंह ऐरी खातै नखोली आउट भए भने मध्यम क्रममा भरपर्दा ब्याट्सम्यान रोहित पौडेल ९रनमा आउट भए । करन के.सी. ४ रनमा आउट भए भने विक्रम सोव १ रन बनाएर ।
नेपालले २१ रन बनाउदा पहिलो ४ विकेट गुमाएको थियो। पाँचौ विकेटको लागि ज्ञानेन्द्र र आरिफले ३३ रन जोडे। तर आरिफको विकेटपछि पुनः नेपालले लगातार विकेट गुमाउन पुगेको थियो।
नेपाललाई रोक्ने क्रममा युएईका दायाँ हाते फास्ट बलर जुनैद सिद्दिकीले सर्वाधिक ४ विकेट लिए भने काशिफ दौड र एहमद रजाले २ । २ विकेट तथा बसिल एहमदले १ विकेट लिए थिए।
दुबई अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर ब्याटिंग गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेट क्षेतीमा २०२ रन बनाएको थियो।
युएईको लागि रोहन मुस्तफाले सर्वाधिक ६० रन योगदान दिए जुन क्रममा उनले ७३ बलमा २ चौका र १ छक्का प्रहार गरे। मुहम्मद वासिमले ३३, चिराग सुरीले २४, आलिशान शरफुले २१ तथा बसिल हमिदले १७ रन योगदान दिए।
युइएलाई रोक्ने क्रममा नेपालले ९ विकेट लिए पनि नेपालको विकेट उल्टो गतिको हुनपुग्यो । युएईले ठूलो योगफल तयार पारेपछि मात्रै नेपालले विकेट लिन थाल्यो । नेपालका लागि पहिलो विकेट क्याप्टेन सन्दीप लामिछानेले १६ औं ओभरको अन्तिममा लिए। त्यसबेला यूएइले ५७ रन जोडिसकेको थियो । दोस्रो विकेट १९औं ओभरमा करन के.सी.ले लिए जति बेला यूएईले ६५ रन जोडेको थियो । नेपालले तेस्रो विकेट २३ औं ओभरमा लियो त्यसबेला युएईले ७३ रन जोडेको थियो । चौथो विकेट ३२ औं ओभरमा आरिफ शेखले लिए जतिबेला युएईले १ सय ५ रन जोडेको थियो । क्याप्टेन सन्दीप लामिछानेले पाँचौ विकेट लिंदा खेल ४३ औं ओभरमा पुगिसकेको थियो र युएईले १ सय ५२ रनको योगफल तयार पारिसकेको थियो ।
४६ औं ओभरमा सोमपाल कामीले छैठौं विकेट लिंदा युएईको योगफल १ सय ७२ रन पुगेको थियो । उनैले सोही ओभरमा सातौं विकेट लिंदा युएई १ सय ७३ रनमा थियो ।
४७ औं ओभरमा क्याप्टेन सन्दीपले आाठौं विकेट लिंदा युएईले १ सय ८२ रन जोडेको थियो । अन्तिम ओभरको अन्तिम बलमा करन केसीले विकेट लिंदा यूएई २ सय २ रनको अवस्थामा पुगेको थियो ।
शुरुका ओभरमा लिने विकेटले प्रतिस्पर्धी टिमका शीर्षक्रमका ब्याट्सम्यानहरुलाई मैदानबाहिर पठाउछ र प्रतिस्पर्धीले जोड्ने योगफल कम हुन्छ । विकेट जति ढिलो झर्छ ब्याटिड. गर्ने टिमको खेल जित्ने संभावना बढ्छ र बलिड. गर्नेको हार्ने ।
नेपाली बलरहरुले विकेट ढिलो झारे पनि विशाल योगफल बनाउन युएईलाई रोकेका भने हुन । ५०ओभरको खेलमा २ सय २ रन भनेको प्रति ओभर ४ रनमा समग्र दुई रन थप हो । नेपाली ब्याट्सम्यानहरुले धैर्यता कायम राख्न सकेको ३ सय बल फाल्दा २ सय ३ को लक्ष्य हासिल गर्न कुनै समस्या थिएन ।
नेपाली खेलाडीहरुलाई युएई गरुड छाँयाको रुपमा उपस्थित भएको छ । टी २० विश्वकपमा पनि युएई नै नेपालको बाधक बन्यो । लीग २ अन्तरगतको पहिलो खेलमा नेपाली बलरहरुले उसलाई रोकेकै हुन् तर ब्याट्सम्यानहरुको फितलो प्रदर्शनले त्यो खेल गुम्यो । त्यसको मनोबैज्ञानिक असर दोस्रो खेलमा पनि देखियो ।
सिरिज अन्तर्गत नेपालले अन्तिम खेल भोलि मंगलबार पपुवा न्यु गिनीसंग खेल्नेछ।


















