Prakash Adhikari March 23, 2022

काठमाडौं, ९ चैत्र । कुवेतमा १०० जना कृषि कामदारलाई रोजगारीको अवसर खुलेको छ ।

नेपालो नूर अपरच्युनिटी ओभरसिजले अल रबीया अल दायम एग्रीकल्चर कन्ट्रयाक्टिड. कम्पनीमार्फत पठाउने सो काममा जान पाउनेले मासिक ३९ हजार ८ सय १६ रुपैया तलब पाउने छन् ।

कामदारको शैक्षिक योग्यता एसएलसी मुनि भएपनि हुनेछ । भिसा र टिकट काम लगाउने कम्पनीले दिने छ । खानेबस्ने सुविधा पनि काम लगाउने कम्पनीले नै व्यहोर्ने छ ।

दुई बर्षको करारमा लगिने सो काममा जान चाहनेको पूर्व मेडिकल जाँच खर्च र कामदारको बीमा पनि संबन्धित कम्पनीले नै ब्यहोर्ने छ ।कामदारलाई बार्षिक ३० दिनको बिदा दिइने छ ।

कामदारले दैनिक ८ घण्टाको दरले हप्ताको ६ दिन काम गर्नुपर्ने जनाइएको छ ।

आवेदकहरुको अन्तिम अन्तर्वार्ता चैत्र १४ गते कम्पनीको काठमाडौंस्थित कार्यालयमा हुनेछ ।

जान चाहनेहरु इच्छुक महानुभावहरुले ०१५७०५७३५।४१२मा सम्पर्क गरी थप जानकारी लिन सक्नुहुने छ ।

वेयर हाउसमा आकर्षक तलव

त्यस्तै काठमाडौंको देवान कन्सल्टिड. कम्पनीले कुवेतको अलयास्रा फेसन जनरल ट्रेडिड.मा वेयर हाउस सञ्चालनमा ३० पुरुष र १० महिला, हेल्परमा ३० पुरुष र २० महिला तथा सफाईमा ३ पुरुष र २ महिला कामदार पठाउन माग भइ आएको जनाएको छ ।

यो रोजगारीमा तलब आकर्षक रहेको छ । वेयरहाउस अपरेटर र क्लिनरलाई रु.६०३२५/- रुपैयामा मासिक तलब छ भने हेल्परलाईरु ७०,३८० /- ।

दुई बर्षको करार अवधि रहेको यो रोजगारीमा ओभर टाइमको पनि सुविधा छ ।

दैनिक ८ घण्टाको दरले हप्ताको ६ दिन काम गर्नुपर्ने यो रोजगारीमा साधारण कम्प्युटर ज्ञान, अग्रेजीमा कुरा गर्न जान्ने र दिइएका निर्देशन सही ढंगले पालना गर्न सक्ने क्षमता चाहिने शर्त राखिएको छ ।

इच्छुक महानुभावहरुले देवान कन्सल्ट्यान्ट्स प्रा.लि. गौशालामा ०१४४८२९०१/२/३ मा सम्पर्क राख्न सक्नुहुनेछ । अन्तवार्ताको मिति चैत्र १० तोकिएको छ ।

 

Share Now

Leave a comment.