Prakash Adhikari March 12, 2018

काठमाडौं,२८ फागुन । यूएस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा कन्ट्रे टावर संगको सम्बादका क्रममा सही निर्णय लिन नजानेर दुर्घटनाग्रस्त भएको पाइएको छ ।

चालक दलका सदस्य सहित ७१ जना सवार सो मिमानका ४९ जनाको मृत्यु भएको छ ।विमानमा रहेका २१ जना घाइते भएका छन् । एकजनाको अवस्था अज्ञात छ ।

हवाई यातायात नियन्त्रण कक्ष र पाइटल बीचको सम्बादले युएस बंगला विमानका पाइलट नेपालको रन वेको जिरो-२’ र ‘२-जिरो’ मध्ये कुन ठाउँबाट विमान अवतरण गर्ने भन्नेमा अन्योलमा परेको बुझिन्छ । नियन्त्रण कक्षको  जिरो २ ले कोटेश्वर क्षेत्रबाट रन वेमा ल्याण्ड गर्ने जनाउछ भने  २  जिरो ले बौद्ध गुहेश्वरी क्षेत्रबाट रनवेमा ल्याण्ड गराउने बुझाउछ । सामान्यत अन्तराष्ट््िरय उडान गर्ने र ठूलो तथा लामो रन वे प्रयोग गर्ने प्लेनको उडान र अवतरण  जिरो २ बाटै गरिन्छ ।

आन्तरिक उडानका छोटो रनवे प्रयोग गर्ने विमानको लागि भने २  जिरो पनि प्रयोग हुँदै आएको छ ।
नियन्त्रण कक्षसंगको लामै कुराकानी पश्चात कन्ट्रोल रुमले रन वे जिरो- २ मा अवतरण गर्नु अनुमति दिएको थियो ।

पाइलटसँग सम्वाद टुट्नु अघि कन्ट्रोल रुमले चेतावनी दिन्छः बंगला स्टार-२११ । म फेरि भन्छु, त्यसो नगर्नुस् । तर, बंगलाका पाइलटले कुनै जवाफ दिँदैन ।

सम्वाद टुटेको झण्डै १२र१३ मिनेटपछि बल्ल कन्ट्रोलले थाहा पाउँछ- विमान दुर्घटना भइसकेछ ।

यस्तो छ पाइलट र कन्ट्रोल रुमको सम्वाद

कन्ट्रोल रुमः वांगला स्टार २११ । म फेरि भन्छु, रन वे २ जिरो तिर नजानुस् । अहिले जुन पोसिजनमा छ, त्यहीँ रहनुस् ।

पाइटलः ओके । हामी दायाँ फन्को लिँदैछौं । रन वे ० २ तर्फ हेर्दैछौं ।

कन्ट्रोल रुमः ठीक छ तर, तुरुन्तै अवतरण नगर्नुस् । छोटो रन वे प्रयोग गर्ने ट्राफिक (जहाज) त्यहाँ छ ।

‘ बुद्ध एयर ३५२ एकछिन होल्ड गर्नुस् ।

यसैवीच कन्ट्रोल रुमका कर्मचारीहरुको आन्तरिक सम्वाद सुनिन्छ- यो जिरो टू र टू जिरोमा अलमलिए जस्तो छ । यति एयरलाइन्सका पाइलट रमेश श्रेष्ठले यो सम्वाद सुनिरहेका थिए र विमानलाई पनि नियालिरहेका थिए, त्यहाँ उनले भनेको सुनिन्छ- यो कतातिर जाला जस्तो छ । यसलाई राडर भेक्टर प्रयोग गरेर ठाउँमा ल्याउनुपर्छ जस्तो छ । डाँडाकाँडामा भिजिविलिटी राम्रो छैन । (राडर भेक्टर प्रयोगका लागि पाइलटले माग गर्नुपर्छ र कन्ट्रोलले आवश्यक निर्देशन दिएर अवतरण गराउँछ )

कन्ट्रोलले जवाफ दिन्छ- हुन्छ सर

कन्ट्रोल रुमः वांगला स्टार २११ । रनवे ल्याण्डका लागि तयार छ । रन वे जिरो टू र टू जिरो दुबै उपलब्ध छ । कुनमा गर्ने ?

पाइटलः यस सर । हामी टू जिरोमा अवतरण गर्न चाहन्छौं ।

कन्ट्रोल रुमः हुन्छ रेन वे टू जिरोमा ल्याण्ड गर्नुस् ।

पाइटलः हुन्छ । अवतरणको प्रयास गर्छौं ।

(केहीबेर कुनै सम्वाद हुँदैन । फेरि कन्ट्रोलरुममा सम्वाद हुन्छ( जिरो टू मा गयो जस्तो छ ।)

कन्ट्रोल रुमः वांगला स्टार २११ । तपाईले रनवेलाई देखिराख्नुभएको छ रु कर्न्फम गर्नुस् ।

पाइटलः अहँ छैन ।

कन्ट्रोल रुमः वांगला स्टार २११, दायाँ मोडिनुस् । ‘। रनवे अझै देख्नुभएको छैन ?

पाइटलः रन वे देख्यौं । अवतरण गर्ने अनुमति दिनुस् ।

कन्ट्रोल रुमः वांगला स्टार २११, अवतरण गर्नुस् ।

पाइटलः रन वे जिरो टू

कन्ट्रोल रुमः रन वे जिरो टू मा अवतरण गर्नुस् ।

कन्ट्रोल रुमः आर्मी ५-३ १ बंगला स्टार २११ ले रनवेको फन्को मारिरहेको छ, एकछिन होल्ड गर्नुस् । अहिलेको पोजिसनमा एकछिन होल्ड गर्न सक्नुहुन्छ र?

आर्मी ५-३- हुन्छ ।

(कन्ट्रोलले लगत्तै आर्मी ५-३ ले होल्ड गरिरहेको जानकारी दिन्छ ।)

कन्ट्रोल रुम- ९ लिमा ट्यांगो १ अहिलेकै स्थानमा बसिरहनुस् ।

पाइटलः सर, हामीलाई अवतरण गर्ने अनुमति छ ?

(केहीबेर सम्वाद सुनिँदैन, एक्कासी कन्ट्रोलले चेतावनी दिन्छ)

कन्ट्रोल रुमः वांगला स्टार २११, म फेरि भन्छु, त्यसो नगर्नुस् ।

कन्ट्रोल रुममा आवाज आउँछ- फायर ! फायर !

त्यसपछि लगातार केही आवाज आउँछ तर कुनै सम्वाद छैन । कन्ट्रोलले सिम्रिक १-० लाई होल्ड गर्न भन्छ । त्यसबीचमा कन्ट्रोलको अरु विमानसँग सम्वाद हुन्छ । कुनै विमानले के छ भनेर सोध्छ, रन वे बन्द छ भन्ने भन्ने जवाफ आउँछ । त्यसैबीचमा विमानस्थल नै बन्द भएको सूचना आउँछ । बंगला विमानका पाइलटसँग कुनै सम्वाद हुँदैन ।

दक्षिणकाली क्षेत्रमा होल्ड भइरहेको विमानले अवतरणका लागि अनुमति माग्छ । कन्ट्रोलले रन वेको पश्चिमतिर रहन र एक माइल टाढा रहँदा फेरि खबर गर्न भन्छ । केहीबेरमै कन्ट्रोलले लिमा ट्याङ्गो र आर्मी ५-३ लाई रनवे २ जिरोमा अवतरण गर्न अनुमति दिन्छ । कन्ट्रोलले बुद्ध, यति र सौर्य एयरका विमानलाई अहिलेकै अवस्थामा रहन र इन्जिन बन्द गर्न निर्देशन दिन्छ ।

त्यसबीचमा कन्ट्रोललाई कसैले सोध्छ( यो कुन विमान हो रु जवाफ आउँछ( विमान बंगला ।

यसबीचमा होल्डमा रहेको विमान आर्मी ५-३ ले २ जिरोमा अवतरण गर्ने अनुमति पाउँछ ।

कन्ट्रोलले होल्डमा रहेका विमानहरुलाई एयरपोर्ट बन्द रहेको भन्दै लखनउ वा बनारस जान भन्छ । विमान दुर्घटना भएका कारण बन्द भएको जानकारी गराउँछ ।

बंगला विमानको टावरसँग सम्वाद नभएको झण्डै १२ मिनेटपछि कन्ट्रोलले विमान दुर्घटना भएको जानकारी गराउँछ ।

स्रोत : अनलाइनखबर

Share Now

Leave a comment.