कीर्तिपुर(काठमाडौं), १२ चैत्र । पपुवा न्युगिनीको नेपाल भ्रमणका क्रममा भएको दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालले पपुवा न्युगिनीसमक्ष १ सय ७९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
खेलमा टस जितेर ब्याटिड. गरेको नेपालले ५० ओभरको खेलमा ८ विकेटको क्षतिमा पुरै ओभर ब्याटिड. गरेर १ सय ७८ रनको योगफल तयार गरेको थियो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक १ सय ५ रन जोडे भने देव खनालले ७२ रन जोडे । खेलमा रोहित पौडेलले ३५ रन जोडे भने भीम सार्कीले २६ रन र क्याप्टेन सन्दीप लामिछानेले २४ रन जोडे ।
खेलमा आरिफ शेखले ४, सोमपाल कामीले ३ र अनिल शाहले १ रनको योगदान दिए । ओपनर कुशल भूर्तेल पहिलो बलमा रोयल डक आउट भएर अनिल साह तेस्रो ओभरमा बाहिरिएपछि नेपाली टोलीमा झण्डै निराशा छाएको थियो । तर त्यसपछि ब्याट सम्हालेका देव खनाल र दीपेन्द्रसिंह ऐरीले शानदार प्रदर्शन गरे । हिजो मात्र एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा राष्ट्रिय टिमम डेब्यु गरेका देवकुमार खनाल ३१ औं ओभरको दोस्रो बलमा ७२ रन बनाएर आउट भए । त्यसपछि रोहित पौडेल संग साझेदारी गरेका दीपेन्द्रसिंह ऐरी ४० औं ओभरको चौथो बलमा पौडेल आउट भएपछि भीम सार्कीसंग साझेदारी गरे । १ सय ५ रन बनाएका दीपेन्द्र ४८ औं ओभरको पहिलो बलमा आउट भए ।
त्यसपछि लगत्तै दोस्रो बलमा भीम सार्की आउट भए । सोही ओभरको अन्तिम बलमा आरिफ शेख आउट भए । ४९ औं ओभरको पहिलो बलमा पवन सर्राफ खाता नखोली आउट भए । त्यसपछि ब्याटिड. सम्हालेका सोमपाल र क्याप्टेन सन्दीप अविजित रहदै खेल पूरा गरे ।
नेपाललाई रोक्ने क्रमा पपुवा न्युगिनीका अलेन नाओेले ३,नर्मन भानुले २, चाल्र्सअमिनी र चाड सोपरले एक एक विकेट लिए ।
आज नेपाली टोलीले राम्रो रन जोडेर पपुवा न्युगिनीलाई २ सय ७९रनको लक्ष्य दिएको छ । अब नेपाली बलरहरु मात्तिएनन भने यो खेल नेपालले जित्न सक्छ । युएईमा एक दिवसीय प्रतिस्पर्धाका दुवै खेल जितेको नेपाली टोली घरेलु मैदानमा पहिलो खेलमा पराजित हुँदा धेरै क्रिकेटप्रेमी नेपालीको मन खल्लो भएको छ ।


















