Prakash Adhikari March 26, 2022

काठमाडौं, १२ चैत्र । नेपाल भ्रमणमा आउनुभएका चिनियाँ विदेशमन्त्री वाङ यीले आज आफ्ना समकक्षी नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्का र प्रधामन्त्री शेरबहादुर देउवासंग भेटवार्ता गर्नुहुने भएको छ।

विदेशमन्त्री वाङले शनिवार अपरान्ह नेपाली समकक्षी डा. नारायण खड्कासंग द्वीपक्षीय वार्ता गर्दै हुनुहुन्छ। परराष्ट्र मन्त्रालयका अनुसार दिउँसो साढे ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा परराष्ट्रमन्त्री खड्का र चिनियाँ समकक्षी वाङबीच छुट्टै भेट हुनेछ।

त्यसपछि पौने ४ बजेदेखि सवा ५ बजेसम्म परराष्ट्र मन्त्रीस्तरीय वार्ता हुनेछ। जसमा मन्त्री खड्काको नेतृत्वमा परराष्ट्र सचिव भरतराज पौड्याल, गृह, भौतिक पूर्वाधार, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, पर्यटन मन्त्रालयका सचिवलगायतको टोली सहभागी हुने जनाइएको छ।

यस्तै‚ चिनियाँ प्रतिनिधि मण्डलमा विदेशमन्त्री वाङसहित नेपालका लागि चिनियाँ राजदूत होङ यान्छी, चिनियाँ विदेश मन्त्रालय, वाणिज्य मन्त्रालयका उच्च अधिकारी सहभागी हुनुहुनेछ। द्वीपक्षीय वार्तामा केही समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ।

विदेशमन्त्री वाङले शनिवार बेलुकी पौने ६ बजे प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

त्यसलगत्तै प्रधानमन्त्रीकै उपस्थितिमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको हस्तान्तरण समारोह आयोजना हुँदैछ।

तीनदिने भ्रमणका क्रममा शुक्रवार काठमाडौं आइपुग्नुभएका विदेशमन्त्री वाङले आइतवार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र सत्ता रुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट्ने कार्यक्रम छ।

वाङ आइतवार स्वदेश फर्कनु हुनेछ।
भ्रमण टोली

१. वाङ यी, चिनियाँ विदेशमन्त्री

२. उ जियाङ्घाओ, चिनियाँ विदेश मन्त्रालयका सहायक मन्त्री

३. सेङ किउपेङ, चिनियाँ वाणिज्य मन्त्रालयका सहायकमन्त्री

४. लिउ जिनसोङ, चिनियाँ विदेश मन्त्रालयका एसिया मामिला विभाग प्रमुख

५. वाङ दी, विदेश मन्त्रालयका पश्चिम एसिया तथा अफ्रिका मामिला उत्तर विभाग प्रमुख

६. जियाङ सियाओयन, चिनियाँ सञ्चार मन्त्रालय, सूचना विभागका डेपुटी डाइरेक्टर जेनरल

७. सोङ जिया, विदेश मन्त्रालयका प्रोटोकल डिपार्टमेन्ट हेर्ने डेपुटी डाइरेक्टर जेनरल

८. देङ सी, चिनियाँ विदेशमन्त्री वाङका सचिव

९. वु हाङतियान, विदेश मन्त्रालयका एसिया विभाग हेर्ने काउन्सिलर एवं डिभिजिन डाइरेक्टर

१०. युआन युआन, विदेश मन्त्रालयका पश्चिम एसिया मामिला डिभिजन डाइरेक्टर

११. लिउ फेई, विदेश मन्त्रालयका ट्रान्सलेसन तथा इन्टरप्रिटेसन विभागका डिभिजन डाइरेक्टर

१२. चु सोङ्बो, विदेश मन्त्रालयका एसिया मामिला हेर्ने डेपुटी डिभिजन डाइरेक्टर

१३. वे चेङ्चोङ, विदेश मन्त्रालयका प्रोटोकल डिपार्टमेन्टका डेपुटी डिभिजन डाइरेक्टर

१४. पेङ् पाई, विदेश मन्त्रालयका एसिया मामिला विभागका सेकेन्ड सेक्रेटरी

१५. यु पेङ्चेङ्, विदेश मन्त्रालयका एसिया मामिला विभागका सेकन्ड सेक्रेटरी

१६. यु सिचाउ, विदेश मन्त्रालयका एसिया मामिला विभागका सेकन्ड सेक्रेटरी

१७. चाओ जियाङ्फेङ, विदेश मन्त्रालयका एसिया मामिला विभागका सेकेन्ड सेक्रेटरी

१८. चेन यानहाङ, ट्रान्सलेसन तथा इन्टरप्रिटेसन विभागका सेकेन्ड सेक्रेटरी

१९. लि रुई, वाङ यीका सुरक्षा अधिकृत

केही चिनियाँ पत्रकार तथा सुरक्षा निकायका अधिकारी पनि भ्रमण दलमा रहेको स्रोतले जनाएको छ। विशेष विमान लिएर चिनियाँ विदेशमन्त्रीको टोली नेपाल आएको हाे।

Share Now

Leave a comment.