Prakash Adhikari March 31, 2022

 

काठमाडौं, १७ चैत्र । साताको अन्तिम कारोबार दिन नेपालको शेयर बजार पुनः ओरालो लागेको छ ।

यस दिन धितोपत्र बजार २३.९५ अंक घटेर २५४४.३० बिन्दुमा झरेको छ।

यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन २ अर्ब २५ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २ सय २८ कम्पनीको ३७ लाख ८७ हजार कित्ता शेयरको खरिद बिक्रीबाट १ अर्ब ८९ करोड १ लाख ६४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

यस दिन नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भई वर्गीकरणमा परेका समूह मध्ये ब्यापारिक समूहको उपपरिसूचक १७.२६ प्रतिशतले घटेको छ ।

 

Sub-Indices Current Points Change %Change
Banking 1,642.66 6.36 0.39
Trading 2,433.24 17.26 0.71
Hotels And Tourism 3,082.14 79.49 2.51
Development Bank 4,384.97 103.88 2.31
HydroPower 2,971.19 56.03 1.85
Finance 2,026.83 57.56 2.76
Non Life Insurance 12,246.05 37.3 0.3
Manu.& Pro. 5,947.38 27.12 0.45
Others 2,052.11 26.26 1.26
Microfinance 4,990.70 45.55 0.9
Life Insurance 14,277.96 176.29 1.22
Mutual Fund 15.60 0.1 0.62
Investment 86.14 0.66 0.76

नेप्से ओरालो लागेपनि यस दिन तीन स्टकको मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन इमर्जिङ्ग नेपाल, राष्ट्र उत्थान लघुवित्त र नेष्डो समृद्ध लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन युनाइटेड इदी मर्दी हाइड्रोपावरको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ भने बोटलर्स नेपाल तराईको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। यसबाहेका जल्पा सामुदायिक लघुवित्त, सिद्धार्थ इन्स्योरेन्स, नेपाल फाइनान्स कम्पनी, विन नेपाल लघुवित्त र राष्ट्रिय बीमा कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको भन्दा बढ्न गएको छ ।

Top Gainers

Symbol LTP % Change
As of 2022-03-31 15:00:00
ENL 1,224.80 10.00
RULB 1,319.50 9.99
NESDO 1,055.70 9.99
UMRH 1,133.00 7.90
BNT 14,500.00 5.03
JALPA 374.10 4.00
SIL 910.00 2.10
NFS 611.00 1.82
WNLB 1,423.00 1.64
RBCL 18,490.00 1.45
View All

यस दिन नारायणी डेभलपमेन्ट बैंक, युनाइटेड मोदी हाइड्रोपावर, यूनियन हाइड्रोपावर, कर्णाली डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र घलेम्दी हाइड्रोपावरको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ। त्यस्तै सामलिड. पावर, हिमाल दोलखा हाइड्रोपावर, प्रोग्रेसिभ फाइनान्सको शेयर मूल्य अघिल्लो कारोबार दिनको भन्दा घटेको छ ।

 

Top Losers

Symbol LTP % Change
As of 2022-03-31 15:00:00
NABBC 471.00 -4.79
UMHL 335.00 -4.53
UNHPL 327.00 -4.39
KRBL 395.00 -4.36
SAPDBL 318.00 -4.22
GHL 305.00 -4.06
GUFL 586.00 -3.93
SPC 644.00 -3.88
HDHPC 286.50 -3.86
PROFL 327.00 -3.82
View All

कारोबार रकमका आधारमा यस दिन इमर्जिङ्ग नेपाल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ९ करोड २३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन एभरेष्ट इन्स्योरेन्सको करिब ९ करोडको शेयर किनबेच भएको छ भने नागरिक लगानी कोषको ७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

यस दिन नबिल बैंकको ६ करोड ३० लाख बढीको, युनियन लाईफ इन्स्योरेन्सको ४ करोड ८४ लाख बढीको, हिमालयन डिष्टिलरीको ४ करोड ४९ लाख बढीको, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी ३ करोड ९५ लाख बढीको,शिभम् सिमेण्ट्सको ३ करोड ९२ लाख बढीको,नेपाल बैंक लिमिटेडको ३ करोड ८६ लाख बढीको र अरुणभ्याली हाइड्रो पावरको ३ करोड ७० लाख बढीको शेयर कारोबार भएको थियो ।

Top 10 Turnovers

Symbol Turnover Closing Price
As of 2022-03-31 15:00:00
ENL 92,384,248.00 1,224.80
EIC 89,577,366.60 640.00
CIT 71,560,633.60 3,165.00
NABIL 63,023,552.60 1,002.00
ULI 48,413,150.10 709.00
HDL 44,997,200.20 3,758.00
NLIC 39,506,556.20 1,031.00
SHIVM 39,207,008.00 1,057.00
NBL 38,618,321.20 325.00
AHPC 37,029,719.30 469.00
View All
Share Now

Leave a comment.