Prakash Adhikari April 2, 2022

नयाँदिल्ली(भारत), १९ चैत्र । प्रधानमन्त्री शेरबहादुर देउवाको भारतको सद्भावना भ्रमणको अवसरमा नेपाल भारतबीच चार वटा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री देउवाको नेतृत्वमा रहेको नेपालको प्रतिनिधि मण्डल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलबीचको द्धिपक्षीय वार्तापछि शनिबार नेपाल र भारतबीच चार वटा सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

हैदराबाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा दुई देशका प्रतिनिधिमण्डलबीच उक्त सम्झौतमा हस्ताक्षर भएको हो ।

नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसम्बन्धी प्रविधिक सहयोग, पेट्रोलियम पदार्य आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कार्पोरेसनबीच प्रविधि विज्ञता आदानप्रदानसम्बन्धी सम्झौता भएको हो ।

त्यस्तै, प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले नेपाली रेलको भर्चुअल उद्घाटन गर्नुभएको छ । दुवै देशका प्रधानमन्त्रीले हरियो झण्डा देखाएर रेल उद्घाटन गर्नुभएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले द्विपक्षीय सबन्धलाई अझ सुदृढ गर्न वाचा गरेका गर्नुभएको छ ।

नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको द्विपक्षीय भेटवार्तामा शनिबार दुई प्रधानमन्त्रीले दुई देशका जनताको पारस्परिक हितका लागि द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ गर्ने बताउनुभएको हो।

स्रोतका अनुसार दुई प्रधानमन्त्रीका बीचमा विभिन्न क्षेत्रमा सहकार्यलाई अझ सुदृढताका साथ अगाडि बढाउने उपायबारे विचार आदान–प्रदान भएको थियो ।

 

Share Now

Leave a comment.