Prakash Adhikari April 8, 2022

 

किएभ(युक्रेन), २५ चैत्र (बीबीसी) । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फेसबुकमार्फत गरेको पछिल्लो सम्बोधनका क्रममा बोरोदियाङ्का सहरमा भएको क्षति नजिकैको अर्को सहर बुचा भन्दा निकै धेरै भयानक रहेको बताउनुभएको छ।

उहाँले ध्वस्त सहरमा सेना परिचालन गरिसकिएको जानकारी दिनुभयो।

बिहीवार राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा राजधानी किएभबाट बोल्दै उहाँले भन्नुभयो, “रुसी सेनाबाट पीडित भएका झन् धेरै मानिस त्यहाँ छन्।”

युक्रेनकी मुख्य अभियोजनकर्ताका अनुसार बोरोदियाङ्कामा ध्वस्त भएको एक अपार्टमेन्टमा २६ वटा शव फेला परेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट गर्दै इरीना भेनेडिक्टोभाले मस्कोमाथि जानाजान सर्वसाधारणहरू बसोबास गर्ने क्षेत्रलाई निसाना बनाएको आरोप लगाउनुभयो।

उहाँका अनुसार आक्रमण भएको क्षेत्रमा सैन्य पूर्वाधार छैन।

युक्रेन

युक्रेन

“रुसी सेनाले साँझको बेला आवासीय भवनहरूमा आक्रमण गरेका थिए जति बेला तुलनात्मक रूपमा धेरै मानिस घरमा हुन्छन्”, भेनेडिक्टोभाले भन्नुभयो।

बुचामा के भएको थियो ?

हालसालै जेलेन्स्कीले रुसी सेनाहरू माथि बुचा सहर नियन्त्रणमा लिएका बेला ३०० भन्दा बढी सर्वसाधारणलाई मारेको र यातना दिएको आरोप लगाउनुभएको थियो।

युक्रेनी राष्ट्रपतिले उक्त सहर रुसी सेनाले नियन्त्रणमा लिएका बेला गरेका कार्यहरूको अनुसन्धान हालसालै सुरु गरिएको जानकारी दिनुभयो।

जेलेन्सकी
उहाँले हाल आफूहरूसँग बुचामा मात्रै ु३०० भन्दा बढीलाई मारिएको र यातना दिइएको सूचना रहेकोु बताउँदै पूरै सहरमा अनुसन्धान गरिँदा पीडितहरूको सङ्ख्या अझ ठूलो हुनसक्ने बताउनुभयो।

अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनबाट प्राप्त पछिल्लो विवरणबारे टिप्पणी गर्दै रुसको निन्दा गर्नुभएको छ।

यसैबीच स्काइ न्यूजसँगको अन्तर्वार्ताका क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्रि पेस्कोभले युक्रेनमाथिको आक्रमणलाई एउटा गम्भीर कारबाहीको संज्ञा दिनुभएको छ।

तर उहाँले युद्धमा रुसलाई भएको क्षति नखुलाएको बताँउदै बीबीसी संवाददाता डेनी एबरहर्ड भन्नुहुन्छ, “उहाँले रुसतर्फ कति क्षति भयो भन्ने कुराको सङ्ख्या खुलाउनुभएन तर आफ्नो देशको लागि व्यापक दुखद घटना रहेको बताउनुभयो। हालसम्म मस्कोले १,३५० जनाको मृत्यु भएको पुष्टि गरेको छ जुन युक्रेन र उसका सहयोगी राष्ट्रले भन्ने गरेको भन्दा निकै कम हो।”

चेर्नीहिभमा मानिसहरूलाई नियन्त्रणमा लिइएको प्रमाण

यसैबीच, रुसी सेनाले उत्तरी सहर चेर्नीहिभस्थित एउटा विद्यालयको भुईँ तल्लामा एक महिनासम्म एकसय भन्दा बढी मानिसलाई नियन्त्रणमा लिएको प्रमाण बीबीसीले प्राप्त गरेको छ।

भिडभाडका कारण त्यहाँ केहीले उभिएरै निदाउनुपर्ने अवस्था उत्पन्न भएको थियो।

त्यहाँ १२ जना मारिएका थिए र उनीहरूको शव कैयौँ दिन सम्म भुईँ तल्लामै राखिएको थियो।

उक्त स्थानबाट रुसी सेना फर्किनुअघि दशौँ हजार मानिसहरूले कठिन परिस्थितिको सामना गरेका थिए।

 

Share Now

Leave a comment.