Prakash Adhikari April 18, 2022

काठमाडौं, ५ बैशाख । नेपाल भ्रमणमा रहेकी दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी उप–सहायक विदेश मन्त्री केल्ली किडरलिङले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्नुभएको छ।

परराष्ट्र मन्त्रालय सिंहदरबारमा भएको भेटमा नेपाल—अमेरिकाबीचको मित्रता र द्विपक्षीय सहकार्यबारे विचार आदान—प्रदान भएको मन्त्रालयले जनाएको छ।

किडरलिङ आइतबार नेपाल आउनुभएको हो। नेपालस्थित अमेरिकी दूतावासले आइतबार आयोजना गरेको रिजनल मोडल युएन कन्फ्रेन्स २०२२ मा उहाँ सहभागी हुुनुभएको थियो।

उहाँ लुम्बिनी भ्रमणमा जाने कार्यक्रम छ। भोलि मंगलबार उहाँ स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

अमेरिका र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७५ वर्षका दौरानमा सहायक विदेशमन्त्री किडरलिङको नेपाल भ्रमण भएको हो।

उहाँ गत नोभेम्बर तेश्रो साता पनि काठमाडौं आउनुभएको थियो। नेपालले अमेरिकी अनुदान सहयोग(एमसीसी)का सम्बन्धमा निर्णण लिन बिलम्ब गरेको बेलामा आउनुभएकी किडरलिड.ले सरकारी अधिकारी र नागरिक समाजका प्रतिनिधिसँग भेटनुभएको थियो ।

त्यही बेला अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल मै हुनुहुन्थ्यो।

नेपालको संसदबाट एमसीसी सम्झौता अनुमोदन भएपछि नेपाल आउने किडरलिङ पहिलो वरिष्ठ अमेरिकी अधिकारी हुनुहुन्छ।

Share Now

Leave a comment.