सानेपा(ललितपुर), ५ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूणर्बहादुर खड्काको संयोजकत्वमा गठित स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकको निणर्य अनुसार आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको विजयी अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन पार्टी केन्द्रीय कार्यालयमा “प्रदेश डेस्क” स्थापना गर्नु भएको छ ।
सातवटै प्रदेश डेक्ससंग केन्द्रीय कार्यालयका तर्फबाट महामन्त्री विश्वप्रकाश शर्माले समन्वय गर्ने गरी देहाय बमोजिम सहमहामन्त्रीलाई प्रदेश डेक्सको संयोजक तोक्नु भएको छ ।
कांग्रेस प्रदेश नं.१ को संयोजकमा सहमहामन्त्री जीवन परियार रहनुभएको छ । त्यस्तै मधेश प्रदेश संयोजकमा सहमहामन्त्री भीष्मराज आङ्दम्वे, वाग्मती प्रदेश संयोजकमा सहमहामन्त्री फरमूल्लाह मंसुर, गण्डकी प्रदेश संयोजकमा सहमहामन्त्री महालक्ष्मी उपाध्याय “डिना”, लुम्विनी प्रदेश संयोजकमा सहमहामन्त्री महेन्द्र यादव, कर्णाली प्रदेश संयोजकमा सहमहामन्त्री बद्री पाण्डे र सुदुरपश्चिम प्रदेश सहमहामन्त्रीमा किशोरसिंह राठौर रहनुभएको छ ।


















