Prakash Adhikari May 1, 2022

कीर्तिपुर(काठमाडौं), १८ बैशाख । नेपाल भ्रमणमा रहेको जिम्बाबेको ए टिमले नेपाली राष्ट्रिय टिमलाई ६ विकेटले पराजित गरेको छ ।

कीर्तिपुुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा अफ्रिका देखि आएको पाहुना टिमलाई नेपालले जिताएर स्वागत गरेको छ ।

आजको खेलमा नेपालले टस हारेर पहिले ब्याटिड. गरेको नेपालले निर्धारित २० ओभरको खेलमा ५ ओभरको क्षतिमा १ सय ८१ रन बनाएको थियो । १ सय ८२ रनको लक्ष्य पाएको जिम्बाबे ए टिमले १८.५ ओभरमा ४ विकेटको क्षतिमा १ सय ८२ रन बनाएर सो लक्ष्य हासिल गर्यो ।

जिम्बाबे ए टिमका लागि टाडिवानासा मारुमानी र कप्तान टोनी मुन्योङ्गाले अर्धशतक प्रहार गरे ।

खेलमा ताडिवानाशे मरुमानीले सर्वाधिक ५६ रन बनाए। टोनी मुन्योंगाले ५०, इनोसेन्ट कैयाले ४७ रन बनाए। मरुमानीले कियासंग ७३ रनको ओपनिंग साझेदारी तथा मुन्योंगासंग ७२ रनको साझेदारी गर्दै जितको आधार बलियो बनाएका थिए ।

Image

जिम्बाबे ए टिमलाई रोक्न नेपालको बलिंगमा डेब्यु गरेका देब्रे हाते स्पिनर बसिर एहमदले २ विकेट तथा करन केसी र सन्दीप लामिछानेले १ ।१ विकेट लिए।

यस पहिले टस हारेर ब्याटिड.मा उत्रिएको नेपालका लागि मोहम्मद आदिल आलमले सर्वाधिक ४७ रन बनाए भने कुशल भुर्तेलले ४६, रोहित पौडेलले ३६ तथा दिपेन्द्र ऐरीले २८ रन योगदान दिए। खेलमा आशिफ शेखले ९, करन के.सी.ले ४ र आरिफ शेखले २ रन जोडेका थिए ।

नेपाललाई रोक्ने क्रममा जिम्बाब्वे ‘ए’ का बलर ब्राड इभान्स, लु जोंग्वे, ब्राण्डन मभुता र जोन मसाराले १ ।१ विकेट लिए।

हिजो देखि आरम्भ हुने भनिएको नेपाल र जिम्बाबेबीचको खेल बर्षाले रद्द भएपछि पुन निर्धारण गरिएको थियो ।

नेपाल भ्रमणमा रहेको जिम्बाबे ए टिमले तीन वटा एक दिवसीय र तीन टी २० खेल खेल्ने कार्यक्रम छ ।

पहिले एक दिवसीय प्रतिस्पर्धा पहिले र टी २० पछि राखिएकोमा हिजो खेल रद्द भएपछि संशोधित खेल तालिकामा टी २० पहिले र एक दिवसीय पछि राखियो । नेपालमा प्रिमनसुन सुरु भएकोले ५० ओभरको दुई खेल बिग्रदो मौसममा खेलाउनु बुद्धिमानी हुने थिएन ।

टी २० श्रृखला सकिदा मौसममा सुधार हुने ठाउँ पनि बाँकी नै छ ।

Image

 

Share Now

Leave a comment.