Prakash Adhikari May 6, 2022

 

काठमाडौं, २३ वैशाख । सत्ता गठबन्धनका दलहरुले आज काठमाडौंमा संयुक्त चुनावी सभा गर्दैछन् । शान्तिवाटिकामा दिउँसो एक बजे चुनावी सभा हुनेछ ।

सभालाई शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले सभालाई सम्बोधन गर्ने नेपाली कांग्रेस काठमाडौंका सभापति कृष्ण बानियाँ (सबुज)ले जानकारी दिनुभएको छ ।

स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै देशका प्रमुख शहरहरुमा चुनावी सभा गर्ने निर्णय अनुरुप यसअघि केन्द्रमा सत्ता गठबन्धनमा रहेका दलहरुले भरतपुर महानगरपालिकामा संयुक्त चुनावी सभा आयोजना गरिसकेका छन् ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनका दलहरुले आवश्यकता अनुसार तालमेल पनि गरेका छन् ।

सत्ता गठबन्धनका दलहरुले काठमाडौं महानगरपालिकामा कांग्रेसकी सिर्जना सिंहलाई मेयर पदको उम्मेदवार बनाएका छन् भने उपमेयरमा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ उम्मेदवार हुनुहुन्छ ।

Share Now

Leave a comment.