काठमाडौं, २३ बैशाख । नपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संवैधानिक व्यवस्थाका कारण कुनै पार्टीको एकल बहुमतको सरकार बन्न कठिन हुने बताउनुभएको छ ।
उहाँले काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकॉमा सत्तारुढ गठबन्धनद्धारा आयोजित आमसभालार्ई सम्बोधन गर्दै सको कुरा बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘भोलि पनि गर्ने गठबन्धन हो, अहिलेको गठबन्धन सजिलो छ ।’
आमसभालाई सम्बोधन गर्दै सभापति देउवाले राम्रो काम गर्ने महिलालाई राजनीतिमा अगाडि बढाउन आग्रह गर्नुभयो ।
े उहाँलकांग्रेस नेता प्रकाशमान सिंह पनि श्रीमती सिर्जनालाई काठमाडौंमा उम्मेदवार बनाउन डराएको बताउदै आफूले नै अगाडि बढाउन आग्रह गरेको पनि उल्लेख गर्नुभयो र
आमाबाबुले सिर्जनाको बिहे प्रकाशमानसँग गरिदिएको भन्दै कांग्रेस सभापति देउवाले भन्नुभयो, ‘प्रकाशमानको श्रीमती हुनु उहाँको गल्ती हो ? यो अपराध त होइन नि ?’
काठमाडौंको कार्यक्रमबाट प्रधानमन्त्री देउवाले भरतपुरका कांग्रेस कार्यकर्तालाई पनि सन्देश दिनुभयो । उहाँले भन्नुभयो, हामी सबैले तपाईंको छोरी नउठानुस् भनेको भए त्यो पनि प्रचण्डले मान्नुहुन्थ्यो । राम्रो काम गरेको छ, किन हटाउनुहुन्छ भनेर मैले भनेको हो ।
आमसभामा सभापति देउवाले राम्रो काम गरेको मान्छे, त्यो पनि महिलालाई किन रोक्नु दिनुस् भनेर आफैले भनेको जिकिर गर्नुभयो ।
प्रचण्डकी छोरीका रुपमा जन्मिनुबाहेक रेनुको कुनै गल्ती नभएको पनि देउवाले उल्लेख गर्नुभयो ।
रेनुले भरतपुरमा राम्रो काम गरेको भन्दै देउवाले अनावश्यक विवाद ननिकाल्न कार्यकर्तालाई आग्रह गर्नुभएको थियो।


















