Prakash Adhikari May 6, 2022

 

काठमाडौं, २३ बैशाख । नेपाल भ्रमणमा रहेको जिम्बाबेको ए टिमले नेपाली राष्ट्रिय टिमलाई पहिलो एक दिवसीय खेलमा पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपाललाई ३ विकेटले पराजित गर्दै जिम्बावे ‘ए’ ले ३ खेलको एकदिवसीय शृंखला विजयबाट सुरु गरेको छ ।

खेलमा पहिले ब्याटिडं गरेको नेपालले ५० ओभरको खेलमा ३१.३ ओभरमा सबै विकेट गुमाउदै १ सय ३६ रन जोड्यो र जिम्बाबेसामु १ सय ३७ रनको लक्ष्य प्रस्तुत गर्यो ।

नेपालले दिएको सामान्य लक्ष्य जिम्बावे ‘ए’ ले ७ विकेट गुमाउँदै २६ ओभरमा पूरा गर्यो ।

जिम्बावे ‘ए’ को जितमा ओपनरद्वय इनोसेन्ट काय र सेफास झुवाओले क्रमशः ४८ र ३२ रन बनाए । यस्तै, ब्राड इभान्सले अविजित १७ तथा रोय कायाले १४ रनको योगदान दिए ।त्यस्तै टोनि मुनियोड.वा, जोनाथा क्याम्पेल र लुक जोड.वेले ५।५ रनको योगदान दिए । खेलमा ताडुवानासी मारुमानीले ४ र क्लिप मडाण्डेले १ रन जोडे ।
जिम्बाबै ए टिमलाई रोक्न नेपालको बलिंगतर्फ कप्तान सन्दिप लामिछाने र करण के.सी.ले समान २ ।२ तथा सोमपाल कामी र सागर ढकालले समान १ ।१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको नेपालले ३१.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ३६ रनमात्र बनाएको थियो । नेपालको ब्याटिंगतर्फ सोमपाल कामीले सर्वाधिक ३०, करण केशीले २५, कुशल भुर्तेलले १९ तथा दीपेन्द्रसिंह ऐरीले १८ रन बनाए । आशिफ शेख र आरिफ शेखले ५।५, कप्तान लामिछानेले ४, रोहितले ३, मो.आदिल आलमले २ र सागर ढकालले १ रनको योगदान दिए ।

नेपाललाई रोक्न जिम्बावे ‘ए’ का ब्राड इभान्सले सर्वाधिक ४ तथा फास झुवाओ, ब्रान्डन माभुटा र भिक्टर न्यायुचीले समान २ विकेट लिए ।

नेपालमा टी २० खेलका प्रतियोगिता बढी हुने भएकोले नेपाली राष्ट्रिय टिमका खेलाडीहरुमा एकदिवसीय खेलको अभ्यास नै नपुगेको देखिन्छ । ५० ओभरको खेलमा शीर्ष तहका ब्याटम्यानले चौका र छक्का हान्न देखाएको अधैर्यता नेपाली खेलाडीको लागि महंगो पर्दै आएको छ ।

५० ओभरको खेलमा बलिड. गर्र्ने समूहले ३ सय बल हान्न पाउने भएकोले ब्याटिडं गर्ने समूहका खेलाडीले छानी छानी उपयुक्त बलमा चौका र छक्का हिर्काउने मौका पाउछन । तर नेपाली ब्याट्सम्यानहरु भने पावर प्लेकै सुरु बलहरुमा जथाभावी चौका तथा छक्का ठोक्ने प्रयास गर्दा क्याच आउटमा पर्ने गरेका छन् ।

Share Now

Leave a comment.