हरारे(जिम्बाबे) १ चैत्र । आइसीसी विश्वकप छनोट खेलमा सहभागी हुन जिम्बाबे पुगेको नेपाली क्रिकेट टीम आज पपुवा न्यू गिनीसंंग एक दिवसीय राष्ट्र्को मान्यताको लागि भिड्दै छ ।
२०२२ सम्मका लागि एकदिवसीय मान्यता कायमै राख्ने भिडन्त दुवै टिमका लागि ‘गर या मर’का रूपमा रहेको छ। विश्वकप छनोटको सुपर सिक्समा पर्न असफल भएपछि एक दिवसीय राष्ट्र्रको मान्यता पाउन र डिभिजन ‘ए’ मा रहन नेपालले यो खेल जित्नै पर्ने अवस्था छ ।
आज आरम्भ हुने खेलमा पपुवा न्यू गिनी विरुद्ध नेपालले जित हात पारे तथा नेदरल्याण्डले हङकङलाई हराएमा दोस्रो प्ले अफ नखेल्दै नेपालले एकदिवसीय मान्यता प्राप्त गर्नेछ किनकि सातौं स्थानको लागि नेदरल्याण्डसंगको खेल हुनेछ र नेदरल्याण्डले एकदिवसीय मान्यता पाइसकेकोले नतिजा जे भए पनि नेपालले एकदिवसीय मान्यता पाउनेछ।
एकदिवसीय मान्यता पाएमा नेपालले टेष्ट राष्ट्र्का टीमहरुसंग अधिक प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनुका साथै आइसीसीबाट प्राप्त हुने अनुदान ठूलो मात्रामा वृद्धि हुनेछ।
एकदिवसीय मान्यताका लागि नेपालको ठूलो चुनौती ब्याटिङमा कायमै छ। कप्तान पारस खड्का बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले जिम्बाबेको तातो मैदानमा चम्कन सकेका छैनन् । हंगकंगसंगको खेलमा भनेरोहितकुमार पौडेल र सोमपाल कामीले अविजित ८९ रनको साझेदारी गर्दै टिमलाई जिताएका थिए।