Prakash Adhikari May 13, 2022

सिमिकोट(हुम्ला), ३० वैशाख। वर्षाका कारण हुम्लाका तीन वटा मतदान केन्द्रमा मतदान प्रक्रिया सुरु हुन ढिलाइ भएको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ ।

निर्वाचन कार्यालयका अनुसार वर्षाका कारण नाम्खा गाउँपालिकाको महाबौद्ध मावि, धुमछुमी आधारभूत विद्यालय भुवा कलाश र स्वयम्भु आधारभूत विद्यालय बराई मतदान केन्द्रमा मतदान सुरु हुन नसकेको हो ।

चंखेली गाउँपालिका-५ को डाँफे आधारभूत विद्यालय नेप्का र सर्केगाड गाउँपालिका- ८ को अंशुवर्मा आधारभूत विद्यालय मतदान केन्द्रमा भने मतदान जारी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

 

Share Now

Leave a comment.