Prakash Adhikari May 19, 2022

 

काठमाडौं, ५ जेठ । गृहमन्त्री बालकृष्ण खाण र कानुन मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्नुभएको छ।

आज बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटघाटमा नागरिकता विधेयक संसदमा लैजाने विषयमा छलफल भएको बताइएको छ ।

भेटपछि गृहमन्त्री बालकृष्ण खाँणले सरकारले संसदमा पेश गर्न लागेका विभिन्न विधेयकबारे पनि भेटवार्तामा छलफल गरिएको बताउनुभएको छ।

‘समसामयिक राजनीति, सरकारले संसद्मा पेस गर्न लागेका विभिन्न विधेयकबारे भेटमा छलफल भयो,’ गृहमन्त्री खाणले भन्नुभयो।

प्रतिनिधि सभाको जारी अधिवेशनमा राजनीतिक दलहरूबीचको सहमतिमा नागरिकता विधेयक पेस गर्ने विषयमा पनि भेटमा छलफल भएको छ।

गृहमन्त्री खाणले नागरिकता विधेयकबारे पटकपटक दलहरूसँग छलफल गरिसक्नुभएको छ।

सरकारले दलीय सहमतिमा नागरिकता विधेयक संसदमा पेस गर्ने तयारी गरेको छ। दलीय सहमति जुटाउन गृहमन्त्री खाण र कानुनमन्त्री शर्माले माओवादी अध्यक्ष दाहालसँग कुराकानी गर्नुभएको छ।

 

Share Now

Leave a comment.