Prakash Adhikari May 21, 2022

 

काठमाडौं, ७ जेठ । देशका ६ महानगरपालिकामध्ये विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइराला विजयी भइसकेका छन्।

अन्यमा मतगणना जारी छ।

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिइरहनुभएको छ । निर्वाचन आयोगको पछिल्लो मत परिणाम अनुसार साहले ३१ हजार १५ मत प्राप्त गर्नुभएको छ। काठमाडौंमा ८२ हजार ९ सय २१ मतगणना भैसकेको छ ।

नेकपा एमालेका केशव स्थापितले १६ हजार ५ सय २७ मत ल्याउनुभएको छ । कांग्रेसकी सिर्जना सिंहले १६ हजार २ सय २४ मत प्राप्त गर्नुभएको छ ।

भरतपुर महानगरमा सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार बन्नुभएकी माओवादी नेत्री रेनु दाहालले नेकपा एमालेका विजय सुवेदीलाई ४ हजारको अन्तरले पछाडि पार्नुभएको छ । रेनुले २४ हजार ६ सय ६० मत ल्याउदा एमालेका विजयले २० हजार ६ सय ६३ मत पाउनुभएको छ ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८ हजार ८ सय ४० मत ल्याउनुभएको छ।

यस्तै ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका चिरिबाबु महर्जनले २२ हजार ८ सय २० मत प्राप्त गर्नुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकार १३ हजार १ सय २४ मत पाउनुभएको छ । महर्जनले आफ्ना निकटतम प्रतिद्वन्द्वी भन्दा ९ हजार ६ सय ९६ मत बढी पाउनुभएको छ ।

उपमेयरतर्फ नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उम्मेदवार मन्जली शाक्य बज्राचार्यले १२ हजार ९ सय ४ मत पाएर आफ्नो निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रत्यासी बाबुराज बज्राचार्य भन्दा ३ हजार ७ सय २७ मत बढी ल्याउनुभएको छ । माओवादी उम्मेदवार बज्राचार्यले ९ हजार १ सय ७७ मत प्राप्त गर्नुभएको छ ।

पोखरा महानगरको जारी मतगणनामा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले २९ हजार ८ सय ७ मत प्राप्त गर्नुभएको छ।

त्यहाँ नेकपा एमालेका प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले २६ हजार ३ सय ७५ मत पाउनुभएको छ ।

पोखरामा राप्रपाका मेयर उम्मेदवार शंकर खरालले ३ हजार १ सय ४५ मत पाउँदा स्वतन्त्र उम्मेदवार खड्कराज पौडेल (गनेश)ले १ हजार ९ सय ६६ मत पाउनुभएको छ ।

त्यसैगरी उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदबार कोपिला रानाभाटले ३० हजार २ सय ६० मत पाउँदा एमालेका मञ्जुदेवी गुरूङले ३० हजार १ सय ७६ मत प्राप्त गर्नुभएको छ ।

यस्तै विरगन्ज महानगरपालिकामा गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका जसपा नेता राजेशमान सिंहले हालसम्म २४ हजार ३ सय १६ मत पाउनुभएको छ।

उहाँलाई नेकपा एमाले र लोसपा गठबन्धनका विजय सरावगीले १२ हजार ४ सय ८९ मतसहित पछ्याईरहनुभएको छ ।

यस्तै राप्रपाका उम्मेदवार गिरिश गिरीले १ हजार ४ सय ८७ मत पाउनुभएको छ।

यस्तै उपमेयरमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार इम्तियाज आलमले १७ हजार ७५ मत ल्याउदा लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झाले भने ३ हजार ७ सय ७४ मत ल्याउनुभएको छ । उपमेयरमै राप्रपाका उम्मेदवार बीना जैसवालले २ हजार ६ सयय ३९ मत ल्याउनुभएको छ ।

३२ वडा रहेको वीरगन्ज महानगरपालिकामा ९४ हजार ६ सय मत खसेको थियो।

Share Now

Leave a comment.