काठमाडौं, ८ जेठ । मंगोलियन हर्टमा आबद्ध गायक राजु लामाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ ।
उहाँले जेठ २ गते बुद्धजयन्तीको शुभ दिनमा बिहान ४ बजेर ५७ मिनेट जाँदा सगरमाथा शिखर चुम्नुभएको हो ।
Singer Raju Lama has scaled the highest peak of the world, Mt Sagarmatha (Everest) on Monday morning at 6:40 am. He had organized a concert at camp III at the altitude of 6,574 which is a world record.
Read full article:https://t.co/GL3lbs6qyj#sagarmatha #everest #himalayas pic.twitter.com/D48of96dOi
— No Next Question (@NoNext_Question) May 16, 2022
सगरमाथाको सफल आरोहण गर्नुभएका लामा गत बिहीबार राजधानी फर्कनुभएको छ ।
उहाँ राजधानी फर्कदा एअरपोर्टमा भव्य स्वागत गरिएको थियो ।
उहाँले सगरमाथा आरोहणको क्रममा ६ हजार ५ सय ७४ मिटर उचाईमा पहिलो कन्सर्ट गर्नुभएको थियो ।
सफल आरोहण पश्चात अवतरणको क्रममा पनि उहाँले ७ हजार ९ सय मिटरको उचाईमा दोस्रो कन्सर्ट गर्नुभएको थियो ।
विश्वमा जलवायु परिवर्तनले निम्त्याएको दुश्परिणामबारे जनचेतना जगाउन र विश्वलाई हिमाल,खोलानाला,नदी,जंगल र प्रकृतिको संरक्षणको सन्देश दिन सांगीतिक कन्सर्ट गरेको उहाँले दावी गर्नुभएको छ ।

उहाँले हामीले भावि सन्ततिलाई यो प्रकृति अझ राम्रो बनाएर सुम्पनुपछ भन्ने सन्देश दिन चाहेको हो ।
जलवायु परिवर्तनबाट जोगाउन भावि कार्यक्रम के छ भन्दा उहाँले केही रकम संकलन भएको छ , त्यसलाई बक्षारोपणमा लगाउछु भन्नुभएको छ ।
सगरमाथाको शिखरमा पुग्दा कस्तो अनुभव भयो भन्ने प्रश्नमा उहाँले म भगवानको कृपा र आमाबाबु,शुभेच्छुक सबैको आशिर्वादले संसारको सबैभन्दा अग्लो चुचुरोमा पुग्न सफल भए त्यसको लागि सबैलाई धन्यवाद दिए । मेरो टिम इम्याजिन नेपाललाई धन्यवाद दिए । मलाई सगरमाथा चढ्न प्रोत्सहित गर्ने रितेन भाइ छन् उनले ६ पटक आरोहण गरे ।
मलाई ज्यादै गर्व महसूस भए । नेपाल साच्चै सुन्दर रहेछ । त्यहाँबाट हेर्दा अन्य धरातल धेरै मुनि लाग्ने आफू सर्वोच्च उचाईमा पुगेको अनुभूति भयो । म खुशीले रोए । चुचुरोमा पनि रोए । फर्कदा पनि रोए । मेरो क्यामरा म्यान भाई पेमालाई देख्दा पनि रोए ।
पहिलो प्रयासमा नै सगरमाथा आरोहण गर्न सफल गायक लामाको टिममा ३ जना नेपाली हुनुहुन्थ्यो भने विदेशीसहित गरी ११ । १२ जना थिए ।
गायक लामालाई सगरमाथ आरोहणमा सघाउन नेपाल पर्वतारोहण संघले पनि आर्थिक सहयोग गरेको थियो । उहाँको आरोहण जलवायु परिवर्तनविरुद्ध जनचेतना जगाउने उद्देश्यले भएकोले संघको वातावरण संरक्षण समितिको सिफारिसमा सो सहयोग दिइएको हो ।


















