Prakash Adhikari May 22, 2022

 

काठमाडौं, ८ जेठ । घोषित इटहरी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका हेमकर्ण पौडेल निर्वाचित हुनुभएको छ ।

गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका पौडेल एमालेका यामकुमार चुङ्गवाङलाई पराजित गर्दै मेयरमा निर्वाचित हुनभयो ।

हेमकर्णले ३३ हजार ४९ मत ल्याउनुभएको छ भने यामकुमारले २८ हजार ३१ मत । तेस्रो भएका राप्रपाका आकाश हाङ्ग लिम्बुले ३ हजार ९ सय ८ मत पाउनुभएको थियो ।

उपमेयरमा भने एमालेकी संगीताकुमारी चौधरी निर्वाचित हुनुभएको छ । उहाँले नेकपा एकीकृत समाजवादीका केशवकुमार विष्टलाई पराजित गर्नुभएको छ । चौधरीले ३२ हजार ४ सय ३६ मत ल्याउदा विष्टले १८ हजार ३१ मत पाउनुभयो । राप्रपाकी वविताकुमारी चौधरीले ४ हजार ७ सय १९ मत ल्याउनुभएको छ ।

उपमहानगरमा कांग्रेस नै बलियो
हालसम्म नतिजा सार्वजनिक भएका ७ उपमहानगरमध्ये नेपाली कांग्रेसले ३ र नेकपा एमाले २, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एक एक उपमहानगरपालिकामा विजय हासिल गरेका छन्।

कसले कहाँ जिते ?

इटहरी उपमहानगरपालिका

प्रमुखः हेमकर्ण पौडेल(नेपाली कांग्रेस)
उपप्रमुखः संगीताकुमारी चौधरी(नेकपा एमाले)

जितपुर सिमरा उपमहानगरपालिका

प्रमुखः राजन पौडेल (नेकपा माओवादी केन्द्र)
उपप्रमुखः भोलाप्रसाद अधिकारी(नेकपा एमाले)

कलैया उपमहानगरपालिका

प्रमुखः विनोदप्रसाद साह (नेकपा एमाले)
उपप्रमुखल् रौशन परविन (नेकपा एमाले)

घोराही उपमहानगरपालिका

प्रमुखः नरुलाल चौधरी (नेकपा एमाले)
उपप्रमुखः हुमाकुमारी डिसी (नेकपा एमाले)

नेपालगंज उपमहानगरपालिका

प्रमुखः प्रशान्त विष्ट (नेपाली कांग्रेस)
उपप्रमुखः कमरूद्दीन राई (जनता समाजवादी पार्टी)

हेटौंडा उपमहानगरपालिका

प्रमुखः मीना कुमारी लामा (नेकपा एकीकृत समाजवादी)
उपप्रमुखः राजेश बानिया (नेपाली कांग्रेस)

बुटवल उपमहानगरपालिका

प्रमुखः खेलराज पाण्‍डेय (नेपाली कांग्रेस)
उपप्रमुखः सावित्रादेवी अर्याल (नेकपा एमाले)

Share Now

Leave a comment.