जनकपुरधाम(धनुषा), ९ जेठ । मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका बागी उम्मेदवार मनोजकुमार साह निर्वाचित हुुनुभएको छ ।
स्वतन्त्र उम्मेदवार मनोजले १३ हजार ४ सय ६५ मत ल्याएर नेकपा एमालेका शिवशंकर साह (हिरा)लाई पराजित गर्नुभएको हो । हिराले ९ हजार ५ सय ३२ मत ल्याउनुभएको छ ।
गठबन्धनबाट मेयर पदमा जनता समाजवादी पार्टी नेपालबाट निवर्तमान मेयरलालकिशोर साह उठनुभएको थियो । उहाँले ५ हजार १ सय ९४ मत ल्याउनुभएको छ ।
तेस्रो स्थानमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार मनोज चौधरीले ५ हजार ३ सय ६० मत ल्याउनुभएको छ ।
यस्तै जनकपुरधाम उपमहानगरको उपमेयरमा गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली काँग्रेसका किशोरी साह निर्वाचित हुनुभएको छ । उहाँले १५ हजार ५ सय २५ मत ल्याउनुभयो ।
उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रुणादेवी झाले १० हजार ८ सय ८५ मत ल्याउनुभयो भने लोसपाका उपमेयरकी उम्मेदवार रीताकुमारी मिश्रले ५ हजार ८ सय १७ मत ल्याउन ल्याउनुभयो । मिश्र निवर्तमान उपमेयर समेत हुनुहुन्छ ।


















