Prakash Adhikari May 23, 2022

 

काठमाडौं, ९ जेठ । स्थानीय तह निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ। पछिल्लो मतपरिणाम अनुसार परिणाम ७ सय २७ वटा पालिकाको सार्वजनिक भएको छ।

जसअनुसार नेपाली कांग्रेसले सबैभन्दा बढी जित हासिल गरेको छ। यसैगरी नेकपा एमाले दोस्रोमा छ। नेकपा माओवादी केन्द्र तेस्रोमा छ।

कांग्रेसले हालसम्म १ सय ३२ मेयर र १ सय ८८ अध्यक्षसहित ३ सय २० वटा पालिकाको प्रमुख पद जितेको छ। यस्तै १ सय ४ पालिकामा उपमेयर र १ सय ८९ पालिका उपाध्यक्षसहित कुल २ सय ९३ वटा पालिकाको उपमेयर तथा उपाध्यक्ष पद जितेको छ।

यस्तै नेकपा एमालेले हालसम्म १ सय ९८ वटा पालिकाको प्रमुख जितेको छ भने २ सय २६ वटा पालिकाको उप–प्रमुख पदमा जितको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्र १ सय २० वटा पालिकाको प्रमुखमा विजयी भएको छ भने १ सय २८ वटा पालिकाको उपप्रमुख पद जितेको छ।

जनता समाजवादी पार्टीले २९ वटा पालिकाको प्रमुख र ३० वटा पालिकाको उपप्रमुख पद जितेको छ। नेकपा एकीकृत समाजवादीले १७ वटा पालिकाको प्रमुख र २१ वटा पालिकामा उपप्रमुख पद जितेको छ।

त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीले १४ वटा पालिकाको प्रमुख र १० वटा पालिकाको उपप्रमुख पद जितेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले चार वटा पालिकामा प्रमुख र चारवटै पालिकामा उपप्रमुख पद जितेको छ ।

राष्ट्रिय जनमोर्चाले चार वटा पालिकाको प्रमुख र दुई वटा पालिकाको उपप्रमुख पद जितेको छ।
यस्तै रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले चार वटा पालिकाको प्रमुख र तीन वटा पालिकाको उपप्रमुख जितेको छ।

यस्तै, सिके राउत नेतृत्वको जनमत पार्टीले दुई वटा पालिकाको प्रमुख र एउटा पालिकाको उपप्रमुख पद जितेको छ।

नेपाल मजदुर किसान पार्टीले भक्तपुर नगरपालिकाको मेयर र उपमेयर जितेको छ।
यस्तै विवेकशील साझा पार्टीले एउटा पालिकामा प्रमुख र उपप्रमुख पद जितेको छ।

जनप्रगतिशील पार्टीले एउटा पालिकाको प्रमुख र एउटा पालिकाको उपप्रमुख पद हात पारेको छ।

१२ जना स्वतन्त्र उम्मेदवारले २ उपमहानगरसहित पालिकाको प्रमुख जित्न सफल भएका छन्। त्यस्तै ५ जना स्वतन्त्र उम्मेदवारले पालिकाको उपप्रमुख पद जितेका छन्।

अब २४ पालिकाको नतिजा आउन बाँकी छ। जसमा नेकपा एमालेले ६ वटा पालिकामा अग्रता लिएको छ भने नेपाली कांग्रेसले ५, जसपाले ३, लोसपा, माओवादी केन्द्र, एकीकृत समाजवादी र स्वतन्त्रका २ २ पालिकामा अग्रता लिएका छन्।

बाजुराको बुढीगंगा र उदयपुरको त्रियुगा नगरपालिकामा पालिकामा अझै गणना हुन सकेको छैन।

जिल्ला पालिका कैफियत
झापा मेची नगर नगरपालिका नेकपा एमालेको अग्रता
उदयपुर कटारी नगरपालिका नेकपा एमालेको अग्रता
उदयपुर त्रियुगा नगरपालिका गणना हुन बाँकी
सिराहा गोलबजार नगरपालिका नेकपा एमालेको अग्रता
धनुषा जनकपुरधाम उपमहानगरपालिका स्वतन्त्र उम्मेदवारको अग्रता
रौतहट गढीमाई नगरपालिका जसपाको अग्रता
रौतहट गरूडा नगरपालिका नेकपा एमालेको अग्रता
रौतहट देवाही गोनारी नगरपालिका नेकपा एमालेको अग्रता
रौतहट फतुवा विजयपुर नगरपालिका माओवादी केन्द्रको अग्रता
रौतहट बैधीमाई नगरपालिका जसपाको अग्रता
रौतहट वृन्दावन नगरपालिका एकीकृत समाजवादीको अग्रता
बारा पचरौता नगरपालिका लोसपाको अग्रता
पर्सा वीरगन्ज महानगरपालिका जसपाको अग्रता
काठमाडौं काठमाडौं महानगरपालिका स्वतन्त्र उम्मेदवारको अग्रता
ललितपुर ललितपुर महानगरपालिका नेपाली कांग्रेसको अग्रता
चितवन भरतपुर महानगरपालिका माओवादी केन्द्रको अग्रता
कास्की पोखरा महानगरपालिका एकीकृत समाजवादीको अग्रता
रुपन्देही तिलोत्तमा नगरपालिका नेपाली कांग्रेसको अग्रता
रुपन्देही लुम्बिनी सांस्कृतिक नेपाली कांग्रेसको अग्रता
रुपन्देही कोटहीमाई गाउँपालिका लोसपाको अग्रता
कपिलवस्तु महाराजगञ्ज नगरपालिका नेपाली कांग्रेसको अग्रता
दाङ तुलसीपुर उपमहानगरपालिका नेकपा एमालेको अग्रता
बाजुरा बुढीगंगा नगरपालिका गणना हुन बाँकी
अछाम साँफेबगर नगरपालिका नेपाली कांग्रेसको अग्रता
Share Now

Leave a comment.