शीतल निवास(काठमाडौं), १ चैत्र । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लिखित राजिनामा दिएका छन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद पराजुलीले अपरान्ह ३ स्४६ मा जारी गरेको प्रेस विज्ञप्तिमा प्रधानन्यायाधीश पराजुलीले नेपालको संविधानको धारा १३१ को खण्ड (क) बमोजिम मिति २०७४र१२र१ गतेदेखि लागू हुने गरी सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदबाट राजीनामा दिएको व्यहोरा उल्लेख छ ।
सर्वोच्च अदालत र न्यायपरिषद्बाट अस्वभाविक,अमर्यादित र गैरन्यायिक प्रकृतिका काम कारबाही गरी प्रधानन्यायाधीशको कार्य सम्पादन गर्न जवरजस्ती अवरोध सिर्जना गरिएपछि प्रधानन्यायाधीश पराजुली राजिनामा गर्ने मनस्थितिमा पुगेका थिए ।
उनले न्यायपरिषद् र न्याय सेवामा पेश गरेका कागजातमा उनको जन्ममिति २०१० साल बैशाख १३ गते उल्लेख थियो । सो अनुसार उनी २०७५ साल बैशाखबाट स्वतस् अवकाश पाउने अवस्थामा थिए ।
अदालतभित्र असहज अवस्था सिर्जना गर्न खोजिएपछि उनले राष्टपतिको सपथ ग्रहण र यही चैत्रको ८ गते हुने नेपाल वारको सम्मेलनको समुद्घाटनका पूर्व निर्धारित कार्यक्रम सम्पन्न गरी विदामा बस्ने तयारी गरेका थिए ।
न्यायक्षेत्रमा त्रासको तरबार चम्काएर आफू अनुकूल निर्णय गराउन उद्धत शक्तिकेन्द्रहरुले त्यति समय पनि काम गर्न दिएनन् ।
जन्म मितिको विवादका सम्पन्धमा जुन न्यायपरिषद्बाट उनलाई २०७४ साउन २१ गते ६५ बर्ष पुग्यो भनेर अवकाश पत्र काट्न लगाइएको छ सोही परिषद्ले परीक्षा नियन्त्रण कार्यालयबाट मगाएको कागजातमा भने उनको जन्ममिति २०११ बैशाख १३ गते उल्लेख भएको छ ।
सो कागजातका आधारमा त उनी २०७६ बैशाख १३ गतेसम्म पदमा रही सेवा गर्न योग्य देखिएका थिए ।
न्यायालयमा हुल हुज्जत र गैर मर्यादित कार्य गरेर प्रधानन्यायाधीशलाई पदमुक्त गराउने गलत प्रथाको थालनी संघीय संंसददेखि प्रादेशिक संसदसम्म बामपन्थी दलहरुको वर्चश्व रहेको समयमा हुन गएको छ ।
यसलाई सच्याएर संविधान,ऐन, नियम, विधि, परम्परा र असल अभ्यासमा आधारित बनाउने दायित्व सर्वोच्चको नयाँ नेतृत्वमा थपिएको छ ।
प्रधानन्यायाधीशको राजीनामा
१ चैत्र २०७४, बिहीबार १५:४६
सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानन्यायाधीश श्री गोपाल पराजुलीज्यूले नेपालको संविधानको धारा १३१ को खण्ड (क) बमोजिम मिति २०७४/१२/१ गतेदेखि लागू हुने गरी सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदबाट राजीनामा दिनु भएको छ ।
(हरिप्रसाद दवाडी)
प्रवक्ता