हरारे(जिम्बाबे), १ चैत्र । विश्वकप छनोट चरणको प्ले अफमा नेपालले पपुवा न्यू गिनीलाई फराकिलो अन्तरले पराजित गरेको छ।
जिम्बावेमा भएको खेलमा पपुवा न्यूगिनीले दिएको ११५ रनको लक्ष्य नेपालले २३ ओभरमा ४ विकेट गुमाएपछि भेटाएको हो ।
नेपाललाई विजयी बनाउन आजको खेलमा दीपेन्द्रसिंह ऐरीको महत्वपूर्ण योगदान रह्यो ।
उनले बलिङतर्फ ४ विकेट लिएका थिए भने ब्याटिङमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए। दीपेन्द्रले नटआउट अर्धशतक बनाएका थिए। उनीसंगको साझेदारीमा आरिफ शेखले २६ रन बनाएका थिए।
दीपेन्द्रले ४ विकेट लिए भने नटआउट ५० रन बनाएर नेपाललाई सहज जीत दिलाए। दीपेन्द्रले ४ विकेट लिनेक्रममा ४ ओभर २ बल बलिङ गरेर १५ रनमात्र दिएका थिए।
त्यस्तै, ५० रन बनाउने क्रममा उनले ५८ बलमा ३ छक्का र १ चौका प्रहार गरे। आरिफ शेख र दीपेन्द्रले नेपालको जीतमा महत्वपूर्ण साझेदारी गरेका थिए। यी दुई ब्याट्सम्यानले १३ ओभर ४ बलमा ६७ रनको साझेदारी गरेका छन्।
जसका लागि दीपेन्द्रले ४२ रन र आरिफले २६ रन बनाएका छन्।
कप्तान पारस खड्का २० रनमा आउट भएका थिए।
यो जितसंगै अब नेपालले प्रतियोगिताको सातौँ स्थानको लागि शुक्रबार खेल्नेछ।
नेदरल्याण्ड र हंगकंग बीच आजै भइरहेको खेलको बिजेतासंग नेपालको भेट हुनेछ।
आजै नेदरल्याण्ड र हंगकंगका बीच सम्पन्न दोस्रो गेममा नेदरल्याण्डसले हंगकंगलाई ४४ रनले जितेको छ ।
यो जितले नेपालको एकदिवसीय यात्रा सुनिश्चित गरेको छ ।
अब विजेता टीम नेपाल र नेदरल्याण्डसकाबीच सातौं स्थानको लागि प्रतिस्पर्धा हुनेछ ।
नेदरल्याण्ड्स एक दिवसीय टीममा स्वत परिसकेकोले यसमा उसले जिते पनि वा हारे पनि नेपाल स्वत एकदिवसीय राष्टको मान्यता पाउने भएको छ ।
जिम्बाबेको ओल्ड हरारियन्स मैदान हरारेमा पपुवा न्यु गिनीले टस हारेर पहिले ब्याटिंग गर्दै दिएको ११५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले खराब सुरुवात गरेको थियो।
ओपनर ज्ञानेन्द्र मल्ल १ र अनिल साह ९ रन बनाएर आउट हुँदा तेश्रो ओभर चल्दै गर्दा नेपालको स्कोर १३र२ थियो। तेश्रो विकेटको लागि पारस खड्का र दिपेन्द्र ऐरीले २२ रनको साझेदारी गरे जसपछि पारस २० रनको व्यक्तिगत स्कोरमा आउट हुँदा नेपाल पुनः समस्यामा पर्यो।
७ ओभरमा ३५र३ को स्थितिबाट दिपेन्द्र ऐरी र आरिफ शेखले जिम्मेवारीपुर्वक ब्याटिंग गरे। जितको नजिक पुर्याएर आरिफ शेख २६ रन बनाएर आउट हुँदा चौथो विकेट गुमाउनु अघि शेखले दिपेन्द्रसंग ६९ रनको महत्वपूर्ण साझेदारी गरिसकेका थिए। त्यसपछि ब्याटिंग गर्न आएका रोहित पौडेल र दिपेन्द्रले नेपाललाई जितसम्म पुर्याए।
दिपेन्द्रले अविजित ५० रन बनाउने क्रममा ५८ बलमा ३ छक्का र १ चौका प्रहार गरे। रास्ट्रिय टिमको लागि दिपेन्द्रको यो चौथो अर्धशतक हो। ऐरीले छक्का प्रहार गर्दै अर्धशतक र जित दिलाएका थिए। रोहित पौडेल ३ रनमा अविजित रहे।
सन्दीप र दिपेन्द्रको उत्कृष्ट बलिंग
नेपालको लागि पहिलो विकेट सोमपाल कामीले तेश्रो ओभरमा कप्तान असद भालालाई १० रनमा एलबिडब्लु आउट गर्दै दिलाएका थिए।
त्यसपछि आठौँ ओभरमा करन केसीले टिपी उरालाई( ११ रन ) विकेटकिपर अनिल साहको हातमा क्याच थमाएका थिए।
२९र२ को अवस्थामा रहेको पपुवा न्यु गिनीले पुनः सम्हालिने प्रयास गर्दा सन्दीप लामिछानेले १३ औं ओभरमा चाड सोपरलाई १० रनको व्यक्तिगत स्कोरमा एलबिडब्लु गर्दै ५४/३ को अवस्थामा पुर्याए। त्यसपछि पनि सन्दिप रोकिएनन् र ११ रन बनाएका सेसे बाउलाई बोल्ड गर्दै चौथो सफलता दिलाए।
त्यसलगतै सन्दीपले महुरु दाईलाई पनि ५ रनको स्कोरमा क्याच आउट गराउदा पपुवा न्यु गिनी १६.१ ओभरमा ६३/५ को नाजुक अवस्थामा पुगेको थियो। त्यसपछि पनि विकेट जाने शिलशिला थामिएन र दिपेन्द्र ऐरीले लगातार ४ विकेट लिंदै न्यु गिनीलाई लज्जास्पद स्कोरमा अलआउट गर्न महत्वपूर्ण भूमिका खेले।
दिपेन्द्रले ४.४ ओभरमा मात्र १४ रन दिएर ४ विकेट लिंदा न्यु गिनीको तल्लो क्रमलाई ध्वस्त पारे। सन्दीप लामिछानेले ८ ओभर बलिंग गर्दै ४ विकेट लिन २९ रन मात्र खर्चिए। सोमपालले ६ ओभरमा १८ रन तथा करनले ५ ओभरमा २४ रन खर्चेर १/१ विकेट लिए।
पपुवा न्यु गिनीको लागि चार्ल्स अमिनीले सर्वाधिक १९ रन तथा जे किलाले १५ रन योगदान दिए।
आजको खेलमा दीपेन्द्र सिंह ऐरी म्यान अफ द म्याच भए ।