काठमाडौं,१ चैत । प्रतिनिधिसभाको उपसभामुखमा नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल र एमालेकी सांसद शिवमाया तुम्बाहाम्फेले उम्मेद्वारी दिएका छन् ।
अर्घाखाँचीकी भुसाल समानुपातिक सांसद हुन् । २०३६ सालमा नेवि संघबाट राजनीति सुरु गरेकी उनी पहिलो संविधानसभामा पनि सांसद थिइन् ।
यता वाम गठबन्धनको भागवण्डामा एमालेको भागमा परेको उपसभामुखमा एमाले सांसद शिवमाया तुम्बाहाम्फेले उम्मेदवारी दर्ता गरेकी छन् ।
माओवादीका कृष्णबहादुर महरा सभामुख बनेपछि उपसभामुख एमालेको भागमा परेको हो ।
सरकारमा जाने तयारीमा रहेको फोरमले पनि उपसभामुख दावी गरेको थियो । तर एमालले यो पद पनि छोड्न चाहेन ।
उपसभामुखको उम्मेदवारीको लागि बिहिबार २ बजेसम्मको समय निर्धारित गरिएको थियो ।