Prakash Adhikari March 15, 2018

हरारे(जिम्बाब), १ चैत्र । जिम्बाबेका राजधानी हरारेमा नेपाल र पपुवा न्यु गिनीबीच एकदिवसीय मान्यताको लागि भैरहेको खेलमा नेपालले पपुवा न्यु गिनीलाई सस्तैमा समेटेको छ ।

नेपालले पपुवा न्यु गिनीलाई ११४ रनमा समेटेको छ । पपुवा न्यु गिनीले २७ .२ ओभरमा सबै विकेट गुमाएर सो रन जोडेको थियो ।

नेपालका दीपेन्द्र सिंह ऐरीले आजको  लगातार चार विकेट लिएका हुन । उनले पपुवा न्यू गिनीका रेवा भानुवा,किला र अमिनीलाई आउट गराएका थिए ।

अय अअघि नेपालका सन्दीप लामिछानेले ४ विकेट लिए । उनले दोरिगा,दाई बाउ र सोपरलाई आउट गरेका थिए ।

यस अगाडी करण केसीले र सोमपाल कामीले एक एक विकेट लिंदै उरा र भालालाई आउट गरेका थिए ।

यस अगाडि नेपालले टस जितेर बलिड. रोजेको थियो

Share Now

Leave a comment.