काठमाडौं, १५ जेठ । तारा एयरको ९ एन एइटी कल साइनको ट्विनअटर जहाज मुस्ताङको घाँसा जनिकै टिटी भन्ने स्थानमा दुर्घटना ग्रस्त अवस्थामा भेटिएको छ ।
वायुसेवा संचालक संघका प्रवक्ता योगराज शर्मा कंडेलका अनुसार उक्त जहाज १२ बजे भेटिएको हो ।
पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज बिहान ९ बजेर ५५ मिनेटमा पोखरा विमानस्थलबाट उडेको थियो ।
उक्त जहाजमा चालक दलाका सदस्यहरुसहित २२ जना सवार रहेका थिए ।
उडेको २० मिनेटपछि जोमसोम पुग्नुपर्ने जहाज सम्पर्कविहीन भएपछि खोजी गरिएको थियो ।
उक्त जहाजमा चालक दलका सदस्य सहित २२ जना सवार रहेको बताइएको छ ।
जहाज क्याप्टेन प्रभावकर घिमिरे र सहचालक उत्सव पोखरेलको कमाण्डमा थियो भने यात्रुसेवमा एयर होस्टेन किस्मी थापा रहेको रहनुभएको थियो ।
उक्त जहाजमा १३ नेपाली, ४ भारतीयसहित २ अन्य देशका नागरिक यात्रु थिए ।
विमानमा इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार रहेको बताइएको छ ।
पोखराबाट तेस्रो उडानमा रहेको तारा एयरको जहाज पोखराबाट उडेर लेतेपास नजिक पुगेपछि सम्पर्कबिहिन भएको थियो ।
पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीका अनुसार लेते पाससम्म पुग्दा पोखरा विमानस्थलको टावरसँग सम्पर्कमा रहेको जहाज त्यसपछि जोमसोमको टावरसँग सम्पर्कमा आउनु पर्ने थियो । तर त्यसपछि सम्पर्कमा आएको देखिएन ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार एकपटक जोमसोम आकाशमा उडेको देखिएको जहाज धौलागिरि हिमालतर्फ फर्किएको र त्यसपछि सम्पर्कमा आएको छैन ।


















