Prakash Adhikari May 30, 2022

काठमाडौं, १६ जेठ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोलसहितका नवनिर्वाचित जनप्रतिनिधिहरुले आज सपथ ग्रहण गरी पदभार ग्रहण गर्दै हुनुहुन्छ ।

सोमबार बिहान ११ बजे राष्ट्रिय सभा गृहमा नवनिर्वाचित प्रमुख,उपप्रमुख, वडाध्यक्ष र सदस्यहरुको सपथ कार्यक्रम छ।

महानगरपालिकाले ३२ वडाकै वडाध्यक्ष र सदस्यहरुसहितको सपथपछि पदभार ग्रहण गर्ने कार्यक्रम रहेको जानकारी दिएको छ।

निर्वाचन आयोगबाट लौरो चुनाव चिन्ह पाएका स्वतन्त्र उम्मेवदार शाह ६१ हजार ७ सय ६७ मतसहित विजयी हुनुभएको थियो।

निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका तर्फण्बाट नेपाली कांग्रेसकी सिर्जना सिंहले ३८ हजार तीन सय ४१ मत ल्याउँदा एमालेका केशव स्थापितले ३८ हजार एक सय १७ मत ल्याउनुभयो।

उपप्रमुखमा नेकपा एमालेकी सुनिता डंगोल ६८ हजार ६ सय १२ मत ल्याएर विजयी हुनुभएको थियो । उहाँले नेकपा समाजवादीका रामेश्वर श्रेष्ठलाई पराजित गर्नुभएको हो । उहाँले २३ हजार ८ सय ६ मत ल्याउनुभएको थियो ।

उपमेयरका अन्य उम्मेद्वारमा विद्या श्रेष्ठले १३ हजार ६ सय ९५, राप्रपाका विनिता मगैयाले १२ हजार १ सय ४१ र स्वतन्त्र उम्मेद्वार बेञ्जीसिंह महर्जनले ६ हजार ५सय ५५ मत हासिल गर्नुभएको थियो ।

 

Share Now

Leave a comment.