काठमाडौं,२ चैत्र । प्रतिनिधिसभाको उपसभामुखमा नेकपा एमालेबाट सांसद बनेकी डा. शिवमाया तुम्बाहाम्फे निर्वाचित भएकी छन्।
प्रतिनिधिसभाको शुक्रबार बसेको दोस्रो बैठकले तुम्बाहाम्फेलाई उपसभामुखमा निर्वाचित गरेको हो।
तुम्बाहाम्फेको पक्षमा २०१ मत परेको थियो भने उनको विपक्षमा ५८ मत परेको थियो। तुम्बाहाम्फेलाई उपसभामुखमा निर्वाचित गरियोस् भनेर गरिएको मतविभाजनका बेला २५९ सांसद उपस्थित रहेका थिए।
उपसभामुखमा उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल गौतमको पक्षमा ६१ र विपक्षमा २०१ मत परेको थियो। भुसाललाई उपसभामुख बनाइयोस् भन्ने प्रतावलाई निर्णयार्थ प्रस्तुत गर्नेबेला भने २६१ जना सांसदको उपस्थिति रहेको थियो।
तुम्बाहाम्फे उपसभामुखमा निर्वाचित भएको सभामुख कृष्णबहादुर महराले घोषणा गरेका छन्।
प्रतिनिधिसभाको अर्को बैठक चैत १२ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ।
R