Prakash Adhikari June 2, 2022

 

काठमाडौं, १९ जेठ । कोरियन भाषा परीक्षा आजदेखि सुरु हुँदै छ। परीक्षा तीन दिन सञ्चालन हुने वैदेशिक रोजगार विभागले जनाएको छ।

वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले कोरिया जानका लागि आवेदन दिएकामध्ये कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा आजदेखि सञ्चालन गर्न लागेको हो।
परीक्षा असार ३ सम्म सञ्चालन हुने छ।

परीक्षा ललितपुरको भैँसेपाटीस्थित सिबीटी भवनमा ३ सिफ्टमा सञ्चालन हुने छ।

पहिलो सिफ्ट बिहान १० बजेदेखि सुरु हुनेछ। त्यसैगरी दोस्रो सिफ्ट बिहान साढे ११ बजे र तेस्रो सिफ्ट दिउँसो २ बजेदेखि सुरु हुने ईपीएस शाखाले जनाएको छ।

परीक्षा सुरु हुनुभन्दा एक घण्टा अगावै परीक्षार्थीहरुलाई परीक्षा हलभित्र अभिमुखीकरण दिने तयारी छ। कृषि तथा पशुपालन क्षेत्रमा रोजगारीका लागि कोरिया जान ४३ हजार भन्दा बढी युवाले आवेदन दिएका छन्।

भाषा परीक्षा पास गरेकामध्ये ९ हजार ५ सय १३ जनालाई यसै वर्ष कोरिया पठाउने सरकारको तयारी छ।

Share Now

Leave a comment.