Prakash Adhikari June 2, 2022

 

नेपालगञ्ज(बाँके), १९ जेठ । नेपालगञ्जको वीरेन्द्रचोकमा शालिक राख्ने क्रममा प्रहरी र राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताबीच झडप भएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका युवाहरुलेले बिहीबार बिहान उक्त चोकमा स्वर्गीय राजा वीरेन्द्र शाहको शालिक राखेका थिए।

शालिक राखेको एक घण्टा बित्न नपाउदै स्थानीय प्रहरी, प्रशासनले बल प्रयोग गरि हटाउन खोज्दा झडप भएको हो।
सो क्रममा प्रहरीले केही राउण्ड हवाई फायर समेत गरेको थियो।

बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले राप्रपाका नेता कार्यकर्ताले वीरेन्द्र चोकमा शालिक राखेको जानकारी आएको र केही समयमै प्रहरीले शालिक हटाएको जानकारी आफूलाई प्राप्त भएको बताउनुभयो।

राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटाले आफूहरुले वीरेन्द्र चोकमा शालिक राखेको केही बेरमै प्रहरीले बल प्रयोग र हवाई फायर गरेर हटाएको बताउनुभयो।

राजा वीरेन्द्रको २१ औं स्मृति दिवसको अवसर पारेर नेपालगञ्जमा स्वर्गीय राजा वीरेन्द्रको शालिक राखिएको थियो ।

२०५८ जेठ १९ गते राति नारायणहिटी राजदरबारमा भएको शाही संहारमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र तथा निराजन, श्रुुति राणा, अधिराजकुमार धिरेन्द्र लगायत शाही परिवरका थुप्रै सदस्यहरुको हत्या भएको थियो ।

Share Now

Leave a comment.