Prakash Adhikari June 6, 2022

काठमाडौं, २३ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले पूँजी बजारको समस्या समाधान गर्न नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद लामिछानेलाई फोन गर्नुभएको छ ।

निरन्तर ओरालो लागेको नेपाल पूँजी बजारमा देखिएको समस्या समाधान गर्न सहजीकरण गरिदिने माग लिएर आइतबार आफूलाई भेट्न आएका पूँजी बजार लगानीकर्ता संघका पदाधिकारीका सामुन्ने प्रधानमन्त्री देउवाले गभर्नरलाई फोन गर्नुभएको थियो ।

संघकी अध्यक्ष राधा पोखरेलका अनुसार ‘प्रधानमन्त्री देउवाले तत्कालै गभर्नर महाप्रसाद अधिकारीर्ला फोन गरी पूँजी बजारको समस्या शीघ्र समाधान गर्न निर्देशन दिनुभयो ।

अध्यक्षा पोखरेलले समाजिक सञ्जालमा लेख्नुभए अनुसार सोमबार प्रधानमन्त्री देउवाले भोलि(सोमबार) नेपाल पूँजीबजार लगानीकर्ता संघका पदाधिकारी नेपाल राष्ट्र बैंक आउनु हुनेछ, लगानीकर्ताको अवस्था गम्भीर भइसकेको रहेछ, तुरुन्त सम्बोधन गरिदिनुस् ।’ भन्नुभएको छ

संघले आम लगानीकर्ताको समस्यामा सहजीकरण हुने विश्वास गरेको छ ।


आज नेपाल पूँजी बजार लगानीकर्ता संघका पदाधिकारीहरु र सदश्यहरु बिच सम्माननिय प्रधानमन्त्री श्री शेर बहादुर देउवा ज्यूसंग भेटघाट भयो । उक्त भेटमा प्रम ज्यू संग बिधमान सेयर बजारको पछिल्लो अबस्था , सेयर बजारमा परेको दवाव , ४ करोड र १२ करोडको क्याप , CD र CCD लगाएत को बारेमा अबगत गराईयो ।

प्रम ज्यूले तत्कालै गभर्नर श्री महाप्रसाद अधिकारी ज्यूलाई फोन गरी पूँजी बजारको समस्या शिघ्र समाधान गर्न निर्देशन गरिदिनु भयो । यो कार्यको लागी भोली नेपाल पूँजीबजार लगानीकर्ता संघका पदाधिकारी फलोअपको लागी नेराबैं आउनु हुनेछ, लगानीकर्ताको अबस्था गम्भिर भैसकेको रहेछ । तुरुन्त सम्बोधन गरिदिनु भन्नु भयो । ब्यस्तताको बाबजुद पनि हामीलाई प्राथमिकतामा राखि समय दिनु भएकोमा प्रम ज्यूलाई आम लगानीकर्ताको तर्फबाट सहजिकरण हुन्छ भन्ने आशाबादी रहदै हाम्रो संघको तर्फबाट बिशेष धन्यवाद दिन चाहन्छु ।


संघले शेयर धितोमा लगाइएको ४ करोड र १२ करोडको सीमा परिवर्तन गर्न माग गरेको छ ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८।७९ को मौद्रिक नीतिमार्फत शेयर धितो राखेर एउटै व्यक्तिले एउटै बैंकबाट अधिकतम् ४ करोड रुपैयाँ र समग्र वित्तीय प्रणालीबाट १२ करोड रुपैयाँभन्दा बढी शेयर कर्जा लिन नपाउने व्यवस्था गरेको थियो ।

कर्जा–स्रोत अनुपात (सीसीडी रेसियो) खारेज गरी कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) कायम गरिएकोमा अब पुनः सीसीडी रेसियो नै काम गर्न पनि लगानीकर्ताले माग गरेका छन् ।

भारित औसत दर १५० प्रतिशत रहेकोमा त्यसलाई १०० प्रतिशतमा झार्न पनि संघले माग गरेको छ । नेपाल राष्ट्र बैंकले सेयर बजारमा जोखिमको भारित औसत दर बढाएको थियो ।

सबै प्रदेश र जिल्लामा सेयर बजारलाई विस्तार गर्न बैंकलाई पनि सेयर ब्रोकर लाइसेन्स दिन संघले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

संघकी अध्यक्ष राधा पोखरेलका अनुसार भेटमा शेयर बजारको पछिल्लो अवस्था, मौद्रिक नीतिका व्यवस्थाले शेयर बजारमा परेको दबाव, ४ करोड र १२ करोडको क्याप (सीमा), सीडी तथा सीसीडी रेसियोको व्यवस्थाले परेको प्रभावबारे प्रधानमन्त्रीलाई जानकारी दिइएको छ ।

प्रधानमन्त्रीको हस्तक्षेपले शेयर बजारमा सुधार हुने आशा लगानी कर्ताले लिएका छन् ।

Share Now

Leave a comment.