Prakash Adhikari June 9, 2022

 

क्वाललम्पुर(मलेशिया), २६ जेठ । आइसिसी यू १९ महिला टी २० विश्वकपअन्तर्गत एसिया छनोटको आफ्नो अन्तिम खेलमा नेपालले जित हात पारेको छ।

नेपालले आयोजक मलेसियामाथि बिहीबार २५ रनको जित हात पारेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा ८६ रन जोड्यो।

नेपालका लागि अन्जली विश्वकर्माले ३३ रन र आस्मा पुलामी मगरले २६ रनको योगादन गरेका थिए।

बलिङमा मलेसियाकी नूर समादले २ विकेट लिइन्।

८७ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ४ विकेटको क्षतिमा ६१ रन मात्र जोड्न सक्यो।

मलेसियाका लागि इस्ला हन्टरले २८ रन जोडिन्। अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

बलिङमा नेपालकी कप्तान कृतिका मरासिनीले २ विकेट लिइन्।

यो जितसँगै ६ अंक जोडेको नेपाल छनोटमा तेस्रो भएको छ। नेपालले पाँचमध्ये तीन खेल जित्दा दुई खेलमा हार बेहोर्‍यो।

नेपाललाई थाइल्यान्डले ४९ रन र युएईले १० विकेटले पराजित गरे।

अन्तिम खेलमा मलेसियालाई हराएको नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले पराजित गरेको थियो। यस्तै भुटानमाथि ४ विकेटले जित निकालेको थियो।

 

Share Now

Leave a comment.