Prakash Adhikari June 14, 2022

काठमाडौं, ३१ जेठ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) माथिको सम्पूर्ण प्रतिबन्ध हटाएको छ।

२०७६ को असोजमा साधारणसभा गर्दै नयाँ कार्यसमिति निर्वाचित भएपछि आइसीसीले क्यानमाथिको निलम्बन शसर्त फुकुवा गरेको थियो।

आइसिसीले क्यानलाई कन्ट्रोल फन्डिङ(आर्थिक नियन्त्रण) मा राखेको थियो।

निलम्बन फुकुवा गरेपछि क्यानलाई आइसीसीले आर्थिक मापदण्ड पालना गर्नु पर्ने शर्त राखेको थियो।

आर्थिक पारदर्शिता गर्नका लागि शर्त राखेको आइसिसीले जेठ ३० गते इमेल पठाउँदै कन्ट्रोल फन्डिङ पूर्ण रुपमा हटाइएको जानकारी गराएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभएको छ।

Image

अबदेखि अन्य एकदिवसीय मान्यता प्राप्त एसोसिएट देशसरह क्यानले आइसिसीबाट आर्थिक अनुदान र गतिबिधि गर्न पाउनेछ।

Share Now

Leave a comment.