Prakash Adhikari June 14, 2022

 

काठमाडौं, ३१ जेठ । शेयर बजारको ओरालो यात्रा यो साताको आरम्भमा पनि रोकिएन । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ३६.०७ अंक घटेर १९९६.२६ बिन्दुमा रोकियो ।

नेप्से डेढ वर्षपछि २००० विन्दुभन्दा तल झरेको हो। २०७७ पुस १२ गते नेप्से परिसूचक १९९८.६५ विन्दुमा बन्द भएको थियो। सोपश्चात यस दिन मात्रै २००० विन्दुमा तल झरेको हो।

यो १८ महिना यताकै न्यून बिन्दु पनि हो।

नेप्से ओरालो लागेपनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो कारोबार दिन १ अर्बभन्दा कमको कारोबार भएको बजारमा यस दिन २ सय ३२ कम्पनीका ४१ लाख ४७ हजार कित्ता शेयरको खरिदबिक्रीबाट १ अर्ब १८ करोड ५५ लाख ४६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

यस दिन नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भई वर्गीकरणमा परेका १३ वटै समूहका उपपरिसूचक घटेका छन् ।

Sub-Indices Current Points Change %Change
Banking 1,385.39 12.46 0.89
Trading 1,646.88 52.99 3.12
Hotels And Tourism 2,599.63 46.63 1.76
Development Bank 3,439.94 76.82 2.18
HydroPower 2,338.18 66.38 2.76
Finance 1,463.56 31.46 2.1
Non Life Insurance 8,166.11 242.73 2.89
Manu.& Pro. 4,782.28 67.63 1.39
Others 1,454.29 51.81 3.44
Microfinance 4,242.93 77.2 1.79
Life Insurance 9,454.31 186.88 1.94
Mutual Fund 14.52 0.14 0.96
Investment 64.73 1.08 1.64

शेयर बजार घटेको सोमबार पनि आँधीखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक ८.१८ प्रतिशत बढेको छ । त्यसैगरी, एनएमबि ५० को इकाई मूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ भने माउन्टेन हाइड्रोको करिब ४ प्रतिशत बढेको छ। शेयर मूल्य बढ्ने अन्य कम्पनीहरुमा युनिलिभर,लक्ष्मी उन्तति कोष, एनसीसी बैंक, लक्ष्मी इक्विटी फण्ड, इनआईबी प्रगति फण्ड र कुमारी बैंक छन् ।

अन्य स्टकको मूल्य वृद्धिदर २ प्रतिशतभन्दा कम रहेको छ।

Top Gainers

Symbol LTP % Change
As of 2022-06-14 15:00:00
AKBSL 448.40 8.18
NMB50 12.70 4.10
MHNL 303.90 3.72
UNL 18,461.00 1.99
LUK 9.57 1.92
NCCB 209.00 1.16
LEMF 9.63 1.16
NIBLPF 10.19 0.49
KBL 202.00 0.05
View All

यस दिन कारोबारमा आएको हिमालयन पावर पार्टनर लिमिटेडको शेयर यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, बलेफी हाइड्रोपावरको शेयरमूल्य यस दिन ८.१५ प्रतिशत घटेको छ भने सगरमाथा इन्स्योरेन्स, ग्रीन भेन्चर्स र गणपति लघुवित्तको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ।

यस दिन शिखर इन्स्योरेन्स,प्रोग्रेसिभ फाइनान्स, युनाइटेड इन्स्योरेन्स, दिव्येश्वरी पावर र मल्टिपर्पोज फाइनान्सको शेयर मूल्य अघिल्लो कारोबार दिनको भन्दा बढी घटेको छ ।

Top Losers

Symbol LTP % Change
As of 2022-06-14 15:00:00
HPPL 344.30 -9.99
BHL 274.00 -8.15
SIC 790.00 -6.51
GVL 300.00 -6.45
GMFBS 947.00 -6.24
SICL 819.00 -5.86
PROFL 231.50 -5.70
UIC 375.00 -5.66
DHPL 217.00 -5.20
MPFL 230.00 -5.12
View All

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४ करोड ६७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन नेपाल क्रेडिट एण्ड कमर्श, नेपाल लाइफ र नबिल बैंकको ३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

यस दिन उपकार लघुवित्त वित्तीय संस्थाो रु.२ करोड ८७ लाख, अरुणकाबेली पावर लिमिटेडको २ करोड ६० लाख, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २ करोड ५५ लाख, अरुणभ्याली हाइड्रो पावरको २ करोड ५४ लाख, शिखर इन्स्योरेन्सको २ करोड ४९ लाख र एनआईसी एशिया बैंकको २ करोड ३५ लाख रुपैयाभन्दा बढीको शेयर कारोबार भएको छ ।

Top 10 Turnovers

Symbol Turnover Closing Price
As of 2022-06-14 15:00:00
SHIVM 46,718,193.50 698.00
NCCB 37,977,114.80 209.00
NLIC 33,359,338.50 742.00
NABIL 32,013,076.80 838.50
ULBSL 28,760,198.20 2,564.00
AKPL 26,010,067.00 437.10
NIFRA 25,519,416.70 256.50
AHPC 25,469,984.40 385.00
SICL 24,931,991.70 819.00
NICA 23,532,141.30 703.20
View All
Share Now

Leave a comment.