क्वाललम्पुर(मलेशिया), ३ आषाढ । भुटानलाई पराजित गर्दै नेपालले मलेसियामा आज सुरु भएको एसीसी महिला टी २० च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।
युके एम वाईएसडी क्रिकेट ओभल मैदानमा नेपालले दिएको ९५ रनको लक्ष पछ्याएको भुटानले १७.५ ओभरमा सबै विकेट गुमाउदै ४४ रन मात्र बनायो।
भुटानका लागि छिरिड. जाम्बोले १६,नबाड. चोदेनले ८, सोनाम चोदेनले ५,पेमा सैल्डनले ४,स्याड.गे वाड.मोले २ र ऐसे चोदेन,डिछिड. वाड.मो, ताछी लादेन,सोनम र अञ्जु गुरुड.ले एक एक रन बनाए ।
भुटानलाई रोक्न नेपाली अफ स्पिनर संगीता राईले ४ विकेट लिइन भने कविता कुँवर र सिता राना मगरले २ । २ तथा इन्दु बर्माले १ विकेट लिइन ।
यस अघि टस जितेर ब्याटिंग रोजेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट क्षतिमा ९४ रन बनायो।
नेपालको ब्याटिंगमा काजल श्रेष्ठले सर्वाधिक २६ रन, रुबिना क्षेत्रीले २१ तथा इन्दु बर्माले २० रन योगदान दिए। यस्तै डोली भटटले ५,सीता राना मगरले ४, ममता चौधरीले ३ तथा बिन्दु रावल र कविता कुँबरले एक एक रन जोडे ।
नेपालले अन्तिम ओभरमा तिन विकेट गुमायो।
नेपाललाई रोक्न भुटानी बलर सोनाम पाल्दोनले ४ विकेट हात पारिन् भने अन्जु गुरुङ र टाशी छेकीले एक एक विकेट लिए।
च्याम्पियनसिपको समूह ‘बी’ मा रहेको नेपालले दोस्रो खेल १८ तारिख कुवेत, तेस्रो खेल २० तारिख बहराइन, चौथो खेल २१ तारिख हङकङसँग प्रतिस्पर्धा गर्नेछ । एसीसीले सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।
समूह ‘ए’ मा मलेसिया, ओमान, कतार, सिंगापुर र संयुक्त अरव इमिरेट्स ९यूएई० रहेको छ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल पुग्ने दुई टिम महिला एसिया कप खेल्न छनोट हुनेछन्। सेमिफाइनल जुन २४ र फाइनल खेल २५ तारिख हुनेछ ।


















