क्वाललम्पुर(मलेसिया), ६ आषाढ । मलेसियामा जारि एसीसी महिला टि(ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपाली राष्ट्रिय महिला टिम आज बहराईनसंग प्रतिस्पर्धा गर्दैछ ।
क्वालालम्पुर स्थित किनरारा ओभल क्रिकेट मैदानमा हुने खेलमा नेपाली चेलीहरु उच्च मनोबलका साथ उत्रिने छन् ।
नेपालले प्रतियोगिताको पहिलो खेलमा भुटानलाई ५० रनले पराजित गरेको थियो।
दोस्रो खेलमा कुवेतलाई २५ रनले पराजित गरेको थियो ।
नेपालले दुई खेलमा ४ अंक हासिल गरिसकेको छ ।
नेपालले तेश्रो खेल आज बहराइनसंग खेल्दैछ । बहराईनले समान दुई खेलमा एक अंक हासिल गरेको छ ।
चौथो खेलमा २१ तारिख हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको समुह ‘बि’ मा नेपालसंगै भुटान, कुवेत, बहराइन र हंगकंग छ भने समुह ‘ए’ मा मलेसिया, ओमान, कतार, सिंगापुर र संयुक्त अरव इमिरेट्स (यूएई) रहेको छ ।
समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल पुग्ने दुई टिम महिला एसिया कप खेल्न छनोट हुनेछन्। सेमिफाइनल जुन २४ र फाइनल खेल २५ तारिख हुनेछ ।


















