Prakash Adhikari June 20, 2022

क्वाललम्पुर(मलेशिया), ६ आषाढ । मलेशियाको क्वाललम्पुरमा भएको एसीसी महिला टी २० च्याम्पियनशीप क्रिकेट खेलमा नेपाली चेलीहरुले बहराईनलाई ८ विकटले पराजित गरेका छन् । यो तेस्रो जितसँगै नेपाल एसीसी महिला टी–२० च्याम्पिनयसिपको सेमिफाइनलमा पुगेको छ ।

सोमबार भएको खेलमा बहराईनलाई ८ विकेटले पराजित गर्दै नेपालले एक खेल अगावै अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो।

१५ रनको झिनो लक्ष्य पछ्याएको नेपालले ३.४ ओभरमा २ विकेट गुमाउँदै अपराजित यात्रालाई कायमै राखेको हो।

नेपालका लागि सीता रानामगरले सर्वाधिक ४ रन बनाइन्। कविता जोशी ३ रनमा नटआउट रहिन्। नेपालले ८ रन अतिरिक्त पायो।

त्यसअघि किनरारा एकेडेमी ओभलमा वर्षाको कारण ७ ओभरमा छोट्याइएको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको बहराइनले ७ ओभरमा ६ विकेट गुमाउँदै १४ रनको योगफल तयार पारेको हो।

बहराइनका लागि ईशारा सुहुनले सर्वाधिक ६ रन बनाइन्।

बहराइनलाई रोक्न नेपालका कविता कुँवर र सबनम राईले समान २/ २ विकेट लिए भने अस्मिना कमाचार्यले १ विकेट लिइन् ।

नेपालले पहिलो खेलमा भुटानलाई ५० रन र दोस्रो खेलमा कुवेतलाई २५ रनले पराजित गरेको थियो। नेपालले मंगलबार हङकङसँग खेल्नेछ ।

Share Now

Leave a comment.