काठमाडौं,१० आषाढ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्कालाई मनोनित गर्नुभएको छ ।
कांग्रेस सभापति देउवाले पार्टीको विधानको धारा ३६ र कांग्रेसको नियमावली २०७६को नियम ३३ बमोजिम खड्कालाई कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा मनोनित गर्नुभएको हो ।



















