Prakash Adhikari June 26, 2022

 

काठमाडौँ , ११ आषाढ । नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव जिम्मेवारी सम्हाल्न शनिबार काठमाडौं आइपुग्नुभएको छ ।
विनय मोहन क्वात्रालाई भारतीय विदेश सचिवमा नियुक्त गरेपछि भारतले उहाँलाई नेपालको राजदूत नियुक्त गरेको थियो । श्रीवास्तव करियर कूटनीतिज्ञ हुनुहुन्छ ।

काठमाडौं आउनुअघि उहाँ साउथ ब्लकमा बसेर चीन, जापान, कोरिया, मंगोलिया मामिला हेर्ने पूर्वी एसिया डिभिजनको प्रमुखको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

उहाँले लद्दाख सीमा विवादबारे चीनसँग विभिन्न चरणमा कूटनीतिक वार्ता गर्न भारतीय टोलीको नेतृत्व गर्नुभएको थियो ।श्रीवास्तव सन् २०१५ देखि २०१७ सम्म कम्बोडियाका लागि भारतीय राजदूतका हुनुहुन्थ्यो ।

साथै उहाँले विदेश मन्त्रालयका विभिन्न पदमा रही वासिङ्टन, बेइजिङ, संघाई र हङकङमा सेवा गर्नुभएको छ ।

उहाँको कार्यकालमा नेपाल भारत सम्बन्ध नयाँ उचाईमा पुग्ने विश्वास गरिएको छ ।

 

Share Now

Leave a comment.