Prakash Adhikari June 28, 2022

काठमाडौं, १४ आषाढ । सर्वोच्च अदालतले बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

बाजुराको बुढीगंगाका दलबहादुर साउदले यसअघि मतदान भएको मतपेटिकाबाट मतगणना गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

बिवाद देखिएपछि निर्वाचन आयोगले असार २३ मा पुनः मतदान गर्ने निर्णय गरेको थियो ।आयोगको उक्त निर्णयको विरुद्ध निर्वाचन आयोगमा रिट दायर भएको थियो । अदालतले पुनःमतदान रोक्ने विषयमा अन्तरिम आदेश दिन अस्वीकार गरेसंगै निर्वाचन आयोगलाई पुनः मतदान गर्ने मार्ग प्रशस्त भएको छ ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश सुष्मालता माथेमाको संयुक्त इजलासको आदेशसँगै बुढीगंगामा असार २३ गते पुनःनिर्वाचन गर्ने बाटो खुलेको छ ।

 

Share Now

Leave a comment.