Prakash Adhikari July 6, 2022

काठमाडौं, २३ आषाढ । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुभएको छ ।

आर्थिक वर्ष २०७९ । ८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई जिम्मा दिएर करको दर हेरफेर गराएको आरोपबारे छानबिन गर्न संसदले संसदीय विशेष समिति बनाए लगतै शर्माले राजीनामा दिनुभएको हो ।

राजिनामा घोषणा गर्नु अगाडि प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोलेका अर्थमन्त्री शर्माले छानबिनमा सहयोग बताउदै राजीनामा घोषणा गर्नुभएको थियो । ‘एउटा संसदीय छानबिन मात्र होइन, म हजारौं छानबिनका लागि तयार छु’, अर्थमन्त्री शर्माले भन्नुभयो, ‘छानबिनका लागि मैले माार्गप्रशस्त आफ्नो पदबाट राजीनामा दिएको घोषणा गर्छु ।’

बजेट निर्माणका आफूले कुनै गल्ती नगरेको जिकिर उहाँले संसदमा पटक पटक गर्नुभयो । विगतमा अर्थमन्त्रीमाथि प्रश्न उठेर छानबिन हुँदा राजीनामा नदिएको भन्दै शर्माले भन्नुभयो, मैले गल्ती गरेको छैन, तपाईंहरुको आवाजलाई सम्मान गर्दै राजीनामा दिएको छु ।’

मैले गल्ती गरेको छैन

सम्बोधनका क्रममा शर्माले बजेट निर्माणमा कुनै त्रुटि नभएको जिकिर गर्नुभयो । तोकिएका अधिकारिक व्यक्तिहरुमार्फत बजेट निर्माण गरेको भन्दै मन्त्री शर्माले भन्नुभयो, ‘करको दररेट हेरफेर गर्ने सन्दर्भमा दुई सचिव र डिजीहरुलाई नितिगत निर्देशन गरेको हुँ ।’

आफूले सचिव र बजेट निर्माणसँग सम्बन्धित मन्त्रालयका महाशाखाका प्रमुख डिजीहरुलाई नीतिगत निर्देशन दिएर राति साढे ११ बजे मन्त्री क्वार्टर गएर सुतेको उहाँको दावी थियो ।

उहाँले भन्नुभयो, ‘मेरो निर्देशनपछि उहाँहरुले रातभर काम गर्नु भएको छ । म साढे ११ बजे सिंहदरबारबाट पुल्चोक क्वार्टरमा गएर सुतेको छु, विहान ६ बजे मन्त्रालयमा पुगेको छु । सचिव सोफामा पल्टिरहेको, डिजीहरुले टुंग्याउने अवस्थामा पुगेको मैले देखेको छु ।’

राजनीतिक रुपमा आफूलाई बद्नाम गर्न खोजिएको भन्दै उहाँले छानबिन गर्न चुनौती दिनुभएको छ।

विशेष समिति गठन

अर्थमन्त्री शर्माले संसदको रोष्टमबाटै पदबाट राजिनामा दिएको घोषणा गर्नु पहिले प्रतिनिधिसभाले अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९। ८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएको र करको दर हेरफेर गरेको विषय छानबिनका लागि संसदीय विशेष समिति गठन गरेको थियो ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले ११ सदस्यीय विशेष समिति गठन गरेको जानकारी गराउनुभएको थियो । समितिले बजेटमा करका दर हेरफेर गर्ने सम्बन्धमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषय छनबिन गरी १० दिनभित्र प्रतिनिधिसभामा पेश गर्नुपर्नेछ ।

संसदीय विशेष समितिमा सांसदहरु खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, बिमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो र सुरेन्द्र यादव रहनुभएको छ।

सभामुखको पहल

अर्थमन्त्रमाथि छानबीन गर्न सभामुख अग्निप्रसाद सापकोटाको पहलमा भएको छलफलमा दलहरुबीच संसदीय समिति गठनको सहमति जुटेको हो ।

अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७८र०७९ को बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको र त्यसको प्रमाणको आधरको रुपमा रहेको मन्त्रालयको सीसी टिभिमा रेकर्ड गरिएको प्रति अर्थमन्त्रीको प्रत्यक्ष निर्देशनमा कब्जा लिएर सीसी टि.भी.लाई निश्क्रिय पारी गायब गरिएको भन्दै एमालेले संसदीय छानबिनको माग गर्दै आएको थियो ।

पछिल्लो पटक राजीनामाको माग उठ्न थालेपछि मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अर्थमन्त्री हटाउने संबन्धमा छलफल भएको थियो ।

ंछलफल पछि नेकपा माओवादी केन्द्र संसदीय समिति बनाउन तयार भयो ।

अपरान्ह भएको बैठकमा सभामुख सापकोटाले छानविन समितिका पदाधिकारीहरको नामावली वाचन गर्नूभएको थियो ।

Share Now

Leave a comment.