Prakash Adhikari March 18, 2018

माले(माल्दिभ्स), ४ चैत्र । माल्दिभ्समा राष्ट्रपतिविरुद्धका प्रदर्शनहरूमाथि लगाइएका प्रतिबन्धहरु तोड्दै विरोधमा उत्रिएका १ सय ४० भन्दा बढी मानिसलाई पक्राउ परेको त्यहाँको विपक्षी दलले बताएको छ।

शनिवार बिहान केही घण्टा भएका प्रदर्शनका क्रममा प्रहरीले प्रदर्शनकारीहरुलाई रोक्नका लागि अश्रुग्यास प्रहार गरेको गरेको माल्दिभियन डेमोक्रयाटिक पार्टीले बताएको छ।

तीन जना सांसदलाई पनि नियन्त्रणमा लिइएको विवरणहरूमा जनाइएको छ।

तनाव

विपक्षी दलका नेताहरुमाथि लगाइएको आपराधिक अभियोगहरू माल्दिभ्सको सर्वोच्च अदालतले खारेज गरिदिएपछि त्यहाँ फेब्रुअरीको शुरुवातदेखि राजनीतिक तनाव चर्किन पुगेको हो।

त्यसपश्चात् राष्ट्रपति अब्दुल्लाह यामिनले संकटकालको घोषणा गरेका थिए।

उनको त्यस्तो कदमको अन्तर्राष्ट्रिय स्तरमा व्यापक निन्दा पनि भएको थियो।

बीबीसीबाट

Share Now

Leave a comment.