टोकियो(जापान), २४ आषाढ(बीबीसी) । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि पछाडिबाट गोली प्रहार भएको छ । उहाँ चिन्ताजनक अवस्थामा हुनुहुन्छ ।
पूर्वप्रधानमन्त्री आबेको छातीमा गोली प्रहार भएपछि कार्डियोपल्मोनरी घात भएको छ अर्थात मुटुको धड्कन रोकिएको छ । टोक्योका पूर्व गभर्नर योइचि मासुचोको ट्वीटरमा यसको जानकारी दिनुभएको हो ।
कार्डियोपुलमोनरी घात हुनुलाई जापानमा औपचारिकमा मृत्यु भएको घोषणा गर्नु अगाडिको प्रारम्भिक स्थिति भनिन्छ ।
Second video shows the attempted assassination of former Japanese Prime Minister Shinzo Abe
NOTE: Video not graphic, but viewer discretion is advised pic.twitter.com/BZNGHP78ds
— BNO News (@BNONews) July 8, 2022
New video shows attempted assassination on former Japanese Prime Minister Shinzo Abe
NOTE: Video not graphic, but viewer discretion is advised pic.twitter.com/7zsm4WSWrZ
— BNO News (@BNONews) July 8, 2022
जापानमा साना हतियार प्रतिबन्धित भएकाले कमै मात्रामा गोली काण्ड हुने गर्छन् ।
नारा सहरमा भाषण गर्दागर्दै उहाँमाथि गोली प्रहार भएको थियो । गोली लागेपछि उहाँ सडकमै ढल्नु भएको थियो । उहाँको शरीरबाट रगत बगेको थियो उहाँलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ।
स्थानीय समयानुसार बिहान साढे ११ बजे उहाँमाथि गोली प्रहार भएको थियो।
गोली प्रहारमा संलग्न एक जनालाई पक्राउ गरिएको छ।आगामी आइतबार जापानको माथिल्लो सदनका लागि चुनाव हुँदैछ। सो चुनावी अभियानमा उहाँ भाषण गरिरहनुभएको थियो ।
आबे सन् २०१२ देखि २०२० सम्म जापानको प्रधानमन्त्रीमा रहनुभएको थियो ।