ग्लास्गो(स्कटल्याण्ड), २५ आषाढ । आईसीसी विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्ड र नामिबियासंग त्रिकोणीय श्रृखला खेल्न नेपाली राष्ट्रिय टोली स्कटल्याण्ड आइपुगेको छ ।
यो सिरिज जित्नको लागि क्यानडा भ्रमणमा गएको नेपाली टोलीको क्यानडाको राष्ट्रिय टिमसंगको खेल भने संझनायोग्य भएन । पहिलो एक दिवसीय खेल बर्षाले रद्द भयो भने दोस्रो खेलमा नेपाल ८३ रनले पराजित भयो ।
क्यानडा भ्रमणमा जित्न चुकेको नेपालले आईसीसी लिग २ अन्तरगत स्कटल्याण्ड र नामिबियासंग हुने प्रतिस्पर्धामा जित हासिल गर्न श्रीलंकाका पूर्व राष्ट्रिय क्रिकेटर धम्मिका प्रशादलाई बलिंग प्रशिक्षकको रुपमा हायर गरेको छ। प्रसाद पनि शुक्रबार नै स्कटल्याण्ड प्रस्थान गरिसकेका छन् ।
नेपालले लिग २ अन्तर्गतको स्कटल्याण्ड श्रृखलामा ११ जुलाईमा नामिबियासंग पहिलो खेल खेल्ने छ। नेपालले जुलाई १३ मा स्कटल्याण्ड बिरुद्ध खेल्ने छ । नेपालले जुलाई १६ मा नामिबिया बिरुद्ध दोस्रो खेल खेल्ने छ भने जुलाई १७ मा स्कटल्याण्ड बिरुद्ध ।
आईसीसी लिग २ को अंकतालिकामा नेपाल १६ खेलमा ७ जित र ८ हार पछि १५ अंकसहित पाँचौ स्थानमा छ। अंकतालिकामा नामिबिया १४ खेलमा १४ अंक सहित छैठौं तथा स्कटल्याण्ड २० खेलमा २८ अंक सहित दोश्रो स्थानमा छ।
धम्मिकाको सबल पक्ष
https://twitter.com/imDhammika/status/1545293947727233024
क्यानले धम्मिकालाई अमेरिका भ्रमणमा पनि बलिंग प्रशिक्षक नियुक्त गरेको थियो भिसा नपाएर उनी जान पाएनन् । क्यानका क्रिकेट म्यानेजर समेत रहेका बिनोद दास अमेरिका र क्यानडा भ्रमणमा सहायक प्रशिक्षकको भूमिका रहे।
धम्मिकाले यस अघि टी २० विश्वकप ग्लोबल छनोट प्रतियोगितामा पनि नेपालको बलिंग प्रशिक्षकको भूमिका निभाएका थिए।
यसपटक भने क्यानले स्कटल्याण्डको त्रिकोणीय सिरिजको लागि मात्रै उनलाई बोलाएको हो।
३९ वर्षीय प्रसादले श्रीलंकाको लागि २५ टेस्ट, २४ एकदिवसीय र एउटा टि २० खेलेका थिए जुन क्रममा टेस्टमा ७५ र एकदिवसीयमा ३२ विकेट लिएका थिए।
सुल्टो हो कि उल्टो ?
नेपाली राष्ट्रिय क्रिकेट टिमको ब्याटिड. पक्ष कमजोर रहेको छ । बलिडमा नेपालको स्तर त्यति खराब देखिदैन । एक दिवसीय खेलमा त टप अर्डरका ब्याट्सम्यानहरु यति आत्तिएका देखिन्छन कि पावरप्ले बलभित्र ओपनरहरु आउट भए भने नेपाली टिम पूरै ओभर मैदानमा टिक्न सक्दैन । व्याटिड.मा पछिल्लो क्रममा रहने बलरहरुले रन जोड्न नसक्नु नेपाली क्रिकेटको अर्को कमजोरी हो ।
हुन त बलरहरुले प्रतिस्पर्धी टिमका ब्याट्सम्यानहरुको विकेट छिटोछिटो झारे भने प्रतिस्पर्धी टिमले धेरै रन जोड्न सक्दैन् । त्यो हुनाले भएको प्रतिभालाई अझ तिर्खादा नेपाललाई लाभ नै हुन्छ । बलिड.मा पनि नेपाली टिममा ४० ओभर पछि विकेट झार्ने प्रवृत्ति देखिएको छ । त्यसले खेलाडीको व्यक्तिगत वृत्ति विकासमा विकेटको संख्या बढाउन सघाए पनि खेलको नतिजालाई भने त्यति सघाउदैन । सुरुमा विकेट झार्दा टप अर्डरका ब्याट्सम्यान आउट हुन्छन र प्रतिस्पर्धीको योगफल धेरै हुुन पाउदैन भने अन्तिममा विकेट झार्दा प्रतिस्पर्धीले चाहिने जति रन जोडिसकेको हुन्छ ।
नेपाल क्रिकेट संघको बलिड. प्रशिक्षक नियुक्तिलाई ” नहुनु मामा भन्दा कानो मामा निको “मान्न सकिन्छ ।
तर विगतमा नेपालले अल्प अवधिको लागि पनि ब्याटिड. कन्सल्टेण्ट र प्रशिक्षक नियुक्त गरेका घट्ना भेटिएका छन् । क्रिकेट संघको वर्तमान नेतृत्वले त्यसमा कति पनि ध्यान दिएको देखिदैन ।
नेपाल क्रिकेट संघलाई आईसीसीले निलम्बन गरेको समय २०१८ को जनवरीमा एकमहिनाको लागि मुम्बईका विकेट किपर सुलक्षण कुलकर्णीलाई ब्याटिड.कोच नियुक्त गरिएको थियो । उनकै प्रयासमा नामिबियामा फेब्रअरी ५ देखि १८ सम्म भएको छनोट खेलमा नेपाल आईसीसी डिभिजन २ बाट आइसीसी डिभिजन १ को लागि क्वालिफाई भयो र नेपालले जिम्बाबेमा मार्च ४ देखि डिभिजन १ को खेल खेल्यो ।
विश्वकप छनोट प्रतिस्पर्धामा नेपालले पपुआ न्यूगिनीलाई तथा नेदरल्याण्ड्सले हङकङलाई पराजित गरेपछि नेपालले इतिहासमै पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको थियो।
जिम्बाब्वेमा सञ्चालन भएको प्रतियोगिताअन्तर्गत १५ मार्चमा भएको प्लेअफमा नेपालले पपुआ न्यूगिनीलाई ६ विकेटले सहजै पराजित गरेको थियो।
अर्को प्रतिस्पर्धामा नेदरल्याण्ड्सले हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालका लागि एकदिवसीय मान्यताको ढोका खुलेको हो।
सो परिणामबाट नेपालले चार वर्षका लागि एकदिवसीय मान्यता प्राप्त गर्यो भने हङकङले आफूसँग भएको मान्यता गुमाएको थियो ।
Congratulations to Nepal! 🇳🇵
They will be an ODI team following #CWCQ after it was confirmed they will face Netherlands in the 7th place play-off! pic.twitter.com/t4zidcO4j1
— ICC (@ICC) March 15, 2018
सोही बर्ष आईसीसी एशिया कप क्वालिफायर गेमको लागि आईसीसीले गुजरातका अपूर्व सुबोधभाइ देसाईलाई ब्याटिड. कन्सल्ट्यान्टको रुपमा अगष्टदेखि ३ हप्ता हायर गरेका थियो । सो अवधिमा उनले श्रीलंकाका घरेलु टिमसंग तीन खेलमा प्रतिस्पर्धा गराएका थिए ।
नेपालका लागि आईसीसीले सोही बर्ष युएई भ्रमणको लागि उमेश पट्वाललाई ब्याटिड. कन्सल्ट्याण्ट नियुक्त गरेको देखिन्छ । जहाँ नेपालले तीन एक दिवसीय र तीन टी २० खेलहरु खेलेको थियो ।
अल्प अवधिका लागि यसरी नै ब्याटिड. कन्सल्ट्याण्टहरु हायर गरेको भए नेपाल संभवतः टी २० वल्र्डकपमा पनि छनोट हुन सक्दथ्यो र सायद ओमान र अमेरिका भ्रमणको नतिजा पनि अझ राम्रो हुन सक्दथ्यो ।
ढिलै भएपनि नेपालले बलिड. कोच हायर गरेको छ । यसले बलरहरुको क्षमता अभिबृद्धिमा सघाउने छ नै । यसले ब्याटिड.तर्फ कोच खोज्न पनि प्रेरित गर्ने छ ।


















