काठमाडौं, ४ चैत्र । शुक्रबार बिहान केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसिसि)को केन्द्रिय कार्यालयमा छापा मारी संचालक तथा कर्मचारीलाई पक्राउ गरेको घट्नाले लामो समयदेखि आन्तरिक विवाद र समस्यामा रुमलिएको बैंकको उद्धार हुने आशा पलाएको छ ।
हाल एनसीसी बैंकको सञ्चालक र कर्मचारी रहेको भए पनि सीआईबीले पहिले एपेक्स बैंकका सञ्चालक रहेका र सो बैंकमा कर्जा प्रवाहमा प्रमुख भूमिका रहेका कर्मचारीलाई पक्राउ गरेको थियो ।
उनीहरुले बैंक मर्जर जाने संझौता भैसकेपछि बैंकको कर्जा मानकभित्र नबसी कमसल धितोमा कर्जा प्रवाह गर्दा तात्कालिन एपेक्स र हालको एनसीसीएन बैंकलाई नोक्सान परेको थियो । यस विषयमा नेपाल राष्ट्र् बैंकल छानवीन गर्न आदेश दिएपछि सीआईबीले संबन्धित अधिकारीहरुलाई पक्राउ गरी अनुसन्धान थालेको हो ।
बैंकका सञ्चालक र कर्मचारी पक्राउ गरी छानवीनको दायरामा आएपछि आइतबार एनसीसी बैंकको शेयरमा लगानी कर्ताको आकर्षण बढेको छ । सीआइबिको कारवाहीले बैंकको डुबेका कर्जा असुली हुने विश्वास लगानीकर्तामा पलाएको छ ।
यो घट्नाका कारण बैंकका निक्षेपकर्तालाई कुनै असर नपर्ने बरु डुबेको कर्जा उठन मद्दत हुने विश्वास एनसीसी बैंकका कामय मुकायम महाप्रबन्धक बन्दना पाठकले बताएकी छन् ।उनलेमर्जर अगाडीको एनसीसी बैंक र मर्जरपछिको एनसीसी बैंकसंग जोडिएर यो घटना नघटेकाले यस प्रकरणले बैंकलाई कुनै असर नगर्ने दावी गरिन ।
एनसीसीले यो कर्जाको ए पहिल्यै नै प्रोभिजन गरिसकेकोले यो कर्जा उठ्दा बैंकको वित्तीय अवस्था अझै बलियो हुने अवस्था पनि छ ।
नेपाल राष्ट्र बैंकले तत्कालिन एपेक्स बैंकको डेढ अर्ब घोटालाले एनसीसी बैंकलाई कुनै असर नपर्ने बताएको छ।
अनियमितता भएको रकम प्रोभिजन गरिसकिएकाले घोटालाले एनसीसीलाई कुनै असर नपर्ने राष्ट्र बैंकको भनाई छ।
ुतत्कालिन एपेक्स बैंकबाट दुरुपयोग भएको दुई अर्ब बराबरको कर्जाको शतप्रतिशत नोक्सानी व्यवस्थापन भईसकेको छु बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक महेश्वरलाल श्रेष्ठले भने, ुयो घोटालाले एनसीसी बैंक र बैंकका बचतकर्तालाई कुनै असर गर्दैन।ु
श्रेष्ठका अनुसार करिव २ अर्ब रुपैयाँको यस्तो ऋणमध्ये ४८ करोड रुपैयाँ भने धितो लिलामी गरेर उठाइसकिएको छ। बाँकी ऋण उठाउने प्रकृयामा भएपनि कमसल धितो राखेर कर्जा लिईएकाले सबै रकम असुल हुन सम्भब नभएको उनको भनाई छ।
मर्जरको फाइदा उठाउदै तत्कालिन एपेक्स डेभेलपमेन्ट बैंकले दरबार मार्ग , लोकन्थली, इटहरी, सुर्खेत र नेपालगञ्ज शाखाहरूबाट अनियमित प्रक्रियाबाट कर्जा प्रवाह गरी बैकलाई १ अर्ब ५० करोड ९६ लाख ३३ हजार ९८४ रुपैयाँ नोक्सानी पुर्याएको आरोप लागेको छ।
यस कार्यमा संलग्न सञ्चालक सहितका कर्मचारीहरुलाई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान कार्य भैरहेको सीआईबीले जनाएको छ।



















