काठमाडौं, ४ चैत्र । स्राष्ट्रियसभा उपाध्यक्षमा माओवादी केन्द्रका तर्फबाट उम्मेद्वारी दिएकी शशिकला दाहाल विजयी भएकी छन्।
आइतबार भएको राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनमा उनी विजयी भएकी हुन्।
ष्ट्रियसभामा आइतबार भएको मत विभाजनमा दाहालको पक्षमा ४५ र रानाको पक्षमा ११ मत परेको थियो।
उक्त मत विभाजनपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दाहाल उपाध्यक्षमा विजयी भएको घोषणा गरेका थिए।
राष्ट्रियसभामा एमालेका २७, माओवादीका १२, कांग्रेसका १३, राष्ट्रिय जनता पार्टीका २ तथा संघीय समाजवादी फोरमका २ सांसद रहेका छन्। त्यस्तै राष्ट्रपतिबाट मनोनित ३ सांसद रहेका छन्।
उपाध्यक्षका लागि भएको निर्वाचनमा राजपा र फोरमले पनि दाहालका पक्षमा मतदान गरेको थियो। आलेका पक्षमा कांग्रेसका मात्रै मत परेका थिए। नेपाली कांग्रेसका २ जना सांसद भने अनुपस्थित रहेका थिए।
माओवादी सांसद दाहालले दिनानाथ शर्माको प्रस्ताव र दिलकुमारी रावल थापाको समर्थनमा उपाध्यक्षको उम्मेदवारी दिएकी थिइन्।
नेपाली कांग्रेसकी सांसद बिन्दादेवी आले रानाले नेपाली कांंग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले प्रस्ताव र सरिता प्रसाईँको समर्थनमा उम्मेदवारी दिएकी थिइन ।
राष्ट्रियसभाको अर्को बैठक चैत १३ गते १ बजे बस्नेगरी स्थगित भएको छ।