कोलम्बो(श्रीलंका), २९ आषाढ । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेले देशमा संकटकाल घोषणा गर्नुभएको छ ।
प्रधानमन्त्रीको कार्यालयले विक्रमसिंघेले देशमा संकटकाल घोषणा गरेको सूचना निकालेको छ । सरकारले पश्चिमी प्रान्तमा कर्फ्यु आदेश पनि जारी गरेको छ ।
प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेपछि राष्ट्रपति गोटाबाया राजपक्षे देश छाडेर मालद्ध्भ्सि पुग्नुभएको छ। उहाँ भागेर माल्दिभ्स पुगे लगत्तै विक्रमसिंघेले देशमा संकटकाल घोषणा गर्नुभएको हो ।
राष्ट्रपतिले आज (बुधबार) राजीनामा दिने बताउनुभएको थियो तर आज भिसमिसे नहुँदै बिहानको ३ बजे सैनिक विमान चढेर उहाँ छिमेकी माल्दिभ्स्मा शरणागत हुनुभएको छ ।
देश आर्थिक संकटमा फसेपछि नागिरकले राष्ट्रपति र प्रधानमन्त्री दुबैको राजीनामा मागेर प्रदर्शन गरिरहेका छन् ।
राष्ट्रपति भवन कब्जा गरेका प्रदर्शनकारीले दुबैले राजीनामा निदएसम्म आफूहरु घर नफर्कने अडान लिएका छन् ।


















